कास्कीकोटमा निःशुल्क डिजिटल तालिम

Gandaki Ghumau

पोखरा । हाम्रो कास्कीकोट युवा सञ्जाल (OKYN) ले आगामी २०८२ पौष ५ गते, शनिबार सामाजिक सञ्जालको प्रभावकारी उपयोग, डिजिटल सुरक्षा तथा आधुनिक AI उपकरणको व्यवहारिक प्रयोगसम्बन्धी निःशुल्क एक दिने तालिम आयोजना गर्ने भएको छ।

संयोजक तिर्थ अधिकारीका अनुसार तालिममा डिजिटल सामग्री निर्माण, सामाजिक सञ्जालमार्फत आम्दानीका अवसर, डिजिटल सुरक्षा तथा स्थानीय पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको भूमिकाबारे प्रशिक्षण दिइनेछ। साथै तालिमका पछिल्ला सत्रहरू डिजिटल ठगीबाट बच्ने उपाय र आम्दानीमूलक सामाजिक सञ्जाल प्रयोगमा केन्द्रित रहने उहाँको भनाइ छ।

Gunasthariya Shiksya

प्राविधिक संयोजक रुद्र प्रसाद अधिकारीले पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको AI प्रविधि तथा Google Business Profile सम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिने जानकारी दिनुभयो। सचेतनामूलक सत्रहरूमा जोकोही पनि सहभागी हुन सक्ने उहाँले बताउनुभयो।

Shreekrishna

आर्थिक संयोजक सिसम बस्ताकोटीका अनुसार यस तालिममार्फत करिब ६० जनालाई डिजिटल सिप प्रदान गर्ने लक्ष्य राखिएको छ। सहभागी हुन इच्छुकले Google Form मार्फत नाम दर्ता गर्न सक्ने उहाँले जानकारी दिनुभयो।

कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म पोखरा–२४ वडा कार्यालय अगाडिको नेपाली चुलो एण्ड होमस्टेमा सञ्चालन हुनेछ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...