म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

Gandaki Pardesh notice

बेनी, । सदरमुकाम बेनीका पाँच जना सहित बुधबार म्याग्दीमा थप सात जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

मंगला गाएँपालिकाका १, बेनी बजारका ५ जना र बेनी–९ का १ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यलयका निमित्त प्रमुख एकनारायण लम्सालले पुष ५ गते शंकास्पद १० जना बिरामीहरुको स्वाब नमुना संकलन गरेर परिक्षणका लागि पठाइएकोमा सात वटाको कोरोना पोजेटिभ रिजल्ट आएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–७ का वर्ष ४८, ३०, २७ र ४३ का पुरुष, वर्ष २४ की महिला, बेनी–८९ का २६ वर्षीय पुरुष र मंगला गाउँपालिका–५ का वर्ष ५५ का पुरुषमा कोरोना पुष्टि भएको हो । उनिहरु होम आइसोलेशनमा छन् । हालसम्म म्याग्दी जिल्लामा कोरोना संक्रमितको संख्या १७९ जना पुगेको छ । जसमा ४३ जना महिला र १३६ जना पुरुष छन् ।

Shreekrishna hardwear in news

म्याग्दीबाट दुई हजार २९७ वटा नमुना संकलन गरि पठाएकोमा सबैको नतिजा आएको छ । केही दिनयता म्याग्दीमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालनामा नागरिक स्तरको बेवास्ता, लापरबाही, भेला, बैठक, बिरोध प्रर्दशन जस्ता भिडभाड हुने कार्यक्रमसँगै कोरोनाको जोखिम बढेको छ । बिद्यालय, सवारी साधन र सरकारी कार्यालयमा भिडभाड हुने गरेको छ । तर स्वास्थ्य सुरक्षा सतर्कतामा बेवास्ता बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...