एमालेका केन्द्रिय सदस्य तथा पुर्व सांसद थापाद्धारा सक्रीय राजनीतिबाट बिदा लिने घोषणा

Gandaki Ghumau

बेनी, । नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्लाका इञ्चार्ज भुपेन्द्रबहादुर थापाले सक्रीय राजनीतिबाट बिदा लिने घोषणा गर्नुभएको छ ।

म्याग्दीबाट वि.स. २०७४ को चुनावमा प्रतिनिधीसभा सदस्यमा निर्वाचित सांसद समेत रहेका र विद्यार्थीकालदेखिनै एमालेको राजनीतिमा निरन्तर सक्रीय रहदै आएका थापाले पारिवारिक समस्यालाई कारण देखाएर सामाजिक सञ्जाल फेसबुक मार्फत सक्रीय राजनीति नगर्ने घोषणा गर्नुभएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको पहिलो स्ववीयु कोषाध्यक्ष र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको उप–सभापति समेत रहेका थापाले आफू विभिन्न पदमा रहँदा सहयोग गर्नेलाई धन्यवाद दिदै सदैब आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमी नरहने जनाउनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

“विगत लामो समय देखी अनेरास्ववीयुको प्रा.क. सदस्य, म्याग्दी जिल्ला आयोजक कमिटिको संयोजक, युवा संघ नेपालको जिल्ला उपाध्यक्ष, केन्द्रिय सदस्य, पार्टीको गाउँ कमिटि सचिव, इलाका कमिटी सचिव, जिल्ला कमिटि सदस्य, सचिवालय सदस्य, निर्वाचन क्षेत्र नं. २ को इञ्चार्ज, जिल्ला कमिटि उप–सचिव, सचिव, साबिक धौलागिरी अञ्चल सचिब, नवौ राष्ट्रिय महाधिवेशनबाट हालसम्म केन्द्रिय कमिटी सदस्यको जिम्मेवारीमा रहेको, म्याग्दी क्याम्पसको पहिलो स्ववीयु कोषाध्यक्ष, जिल्ला विकास समिति म्याग्दीको उप–सभापति म्याग्दी जिल्ला बाट निर्वाचित प्रतिनिधीसभा सदस्यका रुपमा पार्टी, समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो यस अवसरका लागि पार्टीका आदरणीय नेता कमरेडहरु, कार्यकर्ता कमरेडहरु, म्याग्दीका आम जनसमुदायलाई हार्दिक धन्यवाद दिनु चाहान्छु,” थापाले फेसबुकमा लेख्नुभएको छ “मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु साथै सदैब आन्दोलन प्रतीको निष्ठा र इमानमा कुनै कमि रहने छैन् ।”

शनिबारदेखि काठमाडौमा सुरु हुन लागेको एमालेको ११ औ महाधिवेशनको पुर्वसन्ध्यामा तेस्रो कार्यकाल नेतृत्व गर्न अध्यक्ष केपी ओलीले गरेको तयारी, पदाधीकारी र केन्द्रिय सदस्य पदका लागि तछाँड मछाड भैरहेका बेला थापाले गरेको सक्रीय राजनीतिबाट बिदा लिने निर्णयले राजनीतिमा तरंग पैदा गरेको छ । उहाँको निर्णयलाई कतिपयले नयाँ पुस्तालाई अघि सार्न ठाउँ छाडेको भनेका छन भने केहीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थीतीलाई स्वीकार गर्न र नेतृत्व हस्तान्तरणका लागि केपी ओलीले रुची नदेखाउँदा नेता कार्यकर्तामा देखिएको निराशाको रुपमा हेरिएको छ ।

एमाले र माले विभाजन हुँदा तत्कालीन समयमा बामदेव गौतमले नेतृत्व गरेको मालेमा लागेका थापा बेनी नगरपालिका १ रत्नेचौरका बासिन्दा हुनुहुन्छ । केहीले पछिल्लो पटक बामदेव गौतम आवद्ध भएको पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा जाने शंका गरेपनि थापाले त्यस्तो सम्भावना नभएको प्रतिक्रिया दिनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...