धौलागिरि खबर

उपल्लो मुस्ताङको च्याङ्ग्रामा फैलिएको पिपिआरको महामारी नियन्त्रण उन्मुख

जोमसोम, उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पिपिआर रोगबाट पाँच सय बढी च्याङग्रा मरेका छन् ।

लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्याङग्रामा पिपिआर रोगको समस्या देखिएको मुस्ताङ समेत कार्यक्षेत्र भएको बेनी स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख नारायण कुशुमले दुई वटा पालिकामा पाँच सय भन्दा बढी च्याङग्रा मरेका जानकारी दिनुभयो । “कात्तिकको दोस्रो हप्तादेखि महामारीको रुपमा फैलिएको पिपिआरले ठूलो क्षति पु¥याएको छ,” उहाँले भन्नुभयो “कृषकबाट सात सयको संख्यामा च्याङग्रा मरेको जानकारी आएपनि स्थलगत अध्ययन र निरिक्षणका क्रममा पाँच सय बढी मरेको पाइयो ।”

Rara Auto Mobiels

उहाँका अनुसार मरेका च्याङग्राको स्वाब प्रयोगशालामा परिक्षण गर्दा पिपिआर रोग भएको पुष्टि भएको छ । समयमै सूचना नआउँदा रोग नियन्त्रणमा ढिलाई भएको कुशुमले बताउनुभयो । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मत्य तथा पशुपंक्षी बिकास निर्देशनालय र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका तीन जना पशु चिकित्सक सहितको प्राबिधिक टोलीले प्रभावित क्षेत्रमा पुगेर रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरेर फर्किएका छन् ।

बुधबार बेनी फर्किएको टोलीले स्थानीय तह र पशु सेवा शाखासँग समन्वय गरेर भेडाच्याङग्रालाई पिपिआर रोग बिरुद्ध खोप लगाएको जनाएको छ । बिरामी भेडाच्याङग्राको उपचारका साथै कृषकहरुलाई पिपिआर रोग न्युनीकरणका उपायका बारेमा गोठमै पुगेर परामर्श दिइएको थियो ।

लोमान्थाङमा फैलिएको पिपिआर नियन्त्रणमा आइसकेको केन्द्रका प्रमुख कुशुमले बताउनुभयो । दामोदरकुण्ड लोघेकरमा नियन्त्रण उन्मुख अवस्थामा छ । औषधी र खोपको ब्यवस्थापन गरेर टोली फर्किएको हो । दसै लगत्तै फैलिएको पिपिआरबाट अधिकांश कृषकले क्षति ब्यहोरेका समजुङका कृषक पासाङ छिरिङले बताउनुभयो ।

“पाठापाठी देखि बयस्क सम्म सबै उमेर समुहका धेरैजसो कृषकले पालेका च्याङग्रा मरेका छन,” उहाँले भन्नुभयो “एउटै च्याङग्रा मर्दा रु. २५ हजारको हाराहारीमा क्षति पुग्छ ।” ५०० च्याङग्रा मर्दा रु. एक करोड २५ लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक च्याङग्रा पालन गरेका छन् । दशै, तिहार पर्वमा मुस्ताङका कृषकले पालेका च्याङग्रा कास्की, काठमाडौ, चितवन, म्याग्दी, बागलुङ, स्याङ्जा, तनहुँ, पर्वत लगायत जिल्लामा निकासी हुने गर्छ ।

हिमाली क्षेत्रको जडिवुटियुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका च्याङग्राको मासू स्वास्थ्य व्रद्र्धक र स्वादिलो हुने भएकाले दसै तिहारमा महँगो परेपनि भेडाच्याङग्राको मासु उपभोग गर्ने चलन छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको जोमसोम स्थित कार्यालयका प्रमुख सुधिार थापाका अनुसार गत दशै तिहारको याममा मुस्ताङका कृषकले पालेका छ हजार च्याङ्ग्रा निकाशी भएको थियो । “विगतका वर्षमा २५ देखि तीस हजार च्याङग्रा निकासी हुने गरेको थियो,” उहाँले भन्नुभयो “यसपाली कोरोनाका कारण तिब्बत र अन्य जिल्लाबाट नआएकाले मुस्ताङका कृषकले पालेका मात्र निकासी भएको थियो ।”

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...