बिन्दु पराजुली काफ्ले फाउण्डेशन मार्फत गलेश्वरमा भवन निर्माण शुरु

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर शिवालय मन्दिर परिसरमा एक जना दाताले दिवंगत श्रीमतिको स्मृतिमा रु. एक करोड २५ लाखको लागतमा सामुदायिक भवन निर्माण सुरु गरेका छन् ।

काठमाडौका डा. सुरज काफ्लेले दिवंगत श्रीमति बिन्दु पराजुली काफ्लेको नाममा स्थापना गरेको संस्थाले निर्माण गर्ने भवनको शुक्रबार गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले शिलन्यास गर्नुभयो ।

रु. एक करोड २५ लाख लागत अनुमान गरिएको दुई तले भवन ‘बिन्दु काफ्ले फाउण्डेशन’ले निर्माण गरेर गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई उपलब्ध गराउने कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“पmाउडेशनका कोषाध्यक्ष तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषका सल्लाहकार रमेशप्रसाद सुवेदीले भवन निर्माणको संयोजन गर्नुभएको छ,” उहाँले भन्नुभयो “भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवनको भुई तलामा सभाहल तथा पहिलो तलामा कोषको सचिवालय राखिनेछ ।”

कोषको कार्यालय सञ्चालन र गलेश्वर मन्दिरमा दर्शन तथा पुजाआजाका लागि आउने भक्तजनहरुलाई भवन निर्माणपछि सहज हुने अपेक्षा गरिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्क्षा पूरा हुने विश्वास रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...