बालगृहलाई सरोज स्मृति कोषको सहयोग

Gandaki Ghumau

बेनी। बेनी नगरपालिका–२ भकुण्डेमा रहेको अर्जुन माविका पुर्व विद्यार्थीहरुले दिवंगत साथीको स्मृतिमा अक्षयकोष बनाएर नेपाल बाल संगठन, म्याग्दी बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गरेका छन् ।
वि.स. २०७० को एसएलसीको ब्याचका विद्यार्थीहरुले दिवंगत साथी सरोज कुँवरको स्मृतिमा स्थापना गरेको कोषबाट बिहिबार रु. १६ हजार पाँच सय बराबरको खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गरिएको सरोज स्मृति कोषका अध्यक्ष योगराज शर्माले बताउनुभयो ।
नेपाल बाल सङ्ठन, म्याग्दी बालगृहका अध्यक्ष राजेश शाक्य, सचिव सन्दीप खत्री, सरोज स्मृति कोष का अध्यक्ष योगराज शर्मा तथा कोष का अन्य पदाधिकारीहरु उपस्थित कार्यक्रममा कोषका अध्यक्ष योगराज शर्माले बालगृहका छात्र छात्रालाई खाद्यान्न तथा स्टेशनरी वितरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...