दोस्रो लायन्स कप छात्रा फुटबल प्रतियोगिता आजदेखि

Gandaki Ghumau

बेनी । बेनीमा बिहिबारदेखि दोस्रो लायन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु हुदैछ ।
लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा मंसिर २० गते सम्म सञ्चालनहुने प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच निर्वतमान प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको थियो ।

प्रमुख अतिथिले गर्बुजाको म्याग्दी जिल्लाले खेलकुदमा भइरहेको प्रगतिबाट उत्साहित रहेको बताउँदै आफुँ पनि खेल क्षेत्रमा स्थापित भएर राजनीतिमा प्रवेश गरेको बताउँदै खेल र राजनीतिमा हारजित हुने बताउनुभयो ।

‘फुटबलका खेलाडीको पहिचानमा प्रतियोगिताको भूमिका महत्वपूर्ण हुन्छ, खेलकुद क्षेत्रका विकासको लागि सधै पहल गर्नेछु’ गर्बुजाले भन्नुभयो । गर्बुजाले आफ्नो यूवा उमेरको धेरै समय खेलकुदमा वितेको बताउँदै म्याग्दीमा हुने खेलकुद गतिविधिको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

Shreekrishna

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, बेनी नगरपालिका प्रबक्ता रमेशकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका–६,वडा अध्यक्ष मनकुमरा शेरपुञ्जा, लायन्स क्लव अफ अन्तराष्ट्रि«य ३२५ आईका निर्वतमान गर्भनर चन्द्रकुमार केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ छात्राहरूको फुटबलका प्रतिभालाई आवश्यक सहयोग प्रथम लायन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल बिहिबार विहान न्यू वेष्ट प्वाइन्ट आवासिय मावि र म्याग्दी एकेडमी सिंगा बिच हुने छ ।

Gunasthariya Shiksya

प्रतियागितामा विजेताले ४० हजार, उपविजेता २५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।

उद्घाटन कार्यक्रममा द रियल म्याग्दी अस्ट्र«ेलियाको प्रतिनिधि लक्ष्मी भण्डारी, लायन्स क्लवका निर्वतमान गर्भनर चन्द्रकुमार केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, बद्रीप्रसाद तिवारीले मन्तब्य राख्नुभएको थियो ।

प्रथम लायन्स कपमा सहभागि छात्रा फुटबलरले गण्डकी प्रदेशका विभिन्न क्लवबाट राष्ट्रि«यस्तरको खेलमा समेत सहभागिता जनाएको बताउँदै प्रतियोगिताले जिल्लाको खेलकुदमा योगदान दिएकोलायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष ओमप्रसाद शर्माको भनाई छ ।

लायन्स क्लब अब बेनी लभ्लिहिलको आयोजनामा हुने छात्रा फुटबल प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गरेको छ । उद्घाट सत्रको अध्यक्षता क्लव अध्यक्ष शर्मा, स्वागत प्रथम उपाध्यक्ष जीवनप्रसाद पौडेल र सञ्चालन सचिव प्रेम परियारले गर्नुभएको थियो । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...