मुदी र लुलाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न

Gandaki Pardesh notice

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका –२ लुलाङ र वडा न.४ मुदीमा निशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दालाई गाउँमै बिशेषक्ष स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा ५२२ जना लाभान्वित भएका छन् । धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले मुदीका ३२० र लुलाङका २०५ जनाले सेवा लिएको जानकारी दिनुभयो ।

म्यारीकोनल फादर्स एण्ड मदर्स अमेरिकाको सहयोग र धवलागिरी गाउँपालिकाको ब्यवस्थापनमा समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा पुष ५ गते मुदी र ६ गते लुलाङमा शिविर सञ्चालन भएको थियो ।

Shreekrishna hardwear in news

शिविरमा गरिबी, चेतनाको कमी र बिकटताका कारण सदरमुकाम बेनी लगायतका ठाउँमा पुगेर सेवा लिन नसकेका विपन्न, जेष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएकाहरु बढी सुबिधा पाएका छन् ।

Bhautik ministry notice about road

बेनी अस्पतालका चिकित्कहरु सागर लामिछाने, रोशनी गौतम, गण्डकी मेडिकल कलेजका चिकित्सक आशिस तुलाचन र सौदा थापामगरले सेवा दिनुभएको थियो । स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरण गरिएको थियो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्री, सहसंयोजक आचार्य, सम्बन्धित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र महिला तथा बालबालिका शाखाका शिलु आलेमगर लगायतले शिविर सञ्चालन गर्न सघाउनु भएको थियो । कार्यक्रममा कोषका अध्यक्ष हुमबहादुर बरुवाल, वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुले समन्वय गर्नुभएको थियो ।

विभिन्न कारणले सदरमुकाम लगायतका ठाउँमा पुगेर सेवा लिन नसकेका भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर शिविर आयोजना गर्न समन्वय गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...