जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सेवाप्रवाहमा सरलीकरण

Gandaki Ghumau

बेनी ः जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सेवाग्राहीले निवेदन लेखाउनका लागि पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ ।

कार्यालयमा प्रशासनकै कर्मचारीबाट निवेदन तयार पार्ने ब्यवस्था मिलाएर रकम तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने अवस्थाको अन्त्य गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले आफै निवेदन लेख्न नसक्ने सेवाग्राहीको सहजताका लागि निवेदनको नमुना तयार पारेर कर्मचारीलेनै भरिदिने ब्यवस्था मिलाएको जानकारी दिनुभयो ।

“निवेदन लेख्नका लागि प्रशासनको गेटबाहिर गएर सेवाग्राहीले समय र पैसा खर्चनु नपरोस भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाएका हौ,” उहाँले भन्नुभयो “नागरिकता, प्रमाणित, पेन्सन सम्बन्धी सेवाका लागि आवश्यक पर्ने विभिन्न निवेदनको ब्यहोरा उल्लेख गरेर निवेदनको नमुना तयार पारेका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

सेवाग्राहीको निवेदन तयार पार्नका लागि तत्काललाई प्रशासन शाखालाई जिम्मेवारी तोकिएको छ । यसैगरी म्याग्दी प्रशासनले युवा पुस्ताका सेवाग्राहीहरुलाई लक्षित गरेर ‘जेनजी सुझाव पेटिका’ राखेको छ ।

प्रशासन र अन्य कार्यालयको सेवाप्रवाहको विषयमा गुनासो संकलन तथा युवा पुस्ताबाट रचनात्मक र सिर्जनशिल सुझावको अपेक्षा सहित जेनजी सुझाव पेटिका राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।

प्रशासनमा सेनेटरी प्याड र प्राथमिक उपचार सामग्रीको बाकस राखिएको छ । कर्मचारी परिचालन गरेर मासिक रुपमा सबै कार्यालयहरु सरसफाई गर्ने गत हप्ताको कार्यालय प्रमुख बैठकको निर्णय कार्यान्वयन भएको छ ।

विद्यार्थीहरुलाई प्रशासनको सेवाप्रवाह र प्रक्रीयाको विषयमा जानकारी गराउने ‘विद्यार्थीसँग प्रजिअ’ कार्यक्रम सञ्चालन गर्न लागिएको र नागरिक सहायता कक्ष सञ्चालनका लागि कार्यालय भवन परिसरमा पूर्वाधार निर्माण भैरहेको प्रजिअ तिवारीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...