ओली नेकपाको महाधिवेशन आयोजक समितिमा म्याग्दीका शर्मा र पुन

Sinchai Khanipani notice

बेनी, । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले म्याग्दीका नवराज शर्मा र नरदेवी पुनलाई केन्द्रिय महाधिवेशन आयोजक समितिको सदस्यमा चयन गरेको छ ।

Bhautik ministry notice about road

बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार भएको ओली पक्षीय केन्द्रिय कमिटिको भेलाले संबिधानसभा सदस्य शर्मा र गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री पुनलाई महाधिवेशन आयोजक समितिको सदस्यमा चयन गरेको हो ।

शर्मा यसअघि नेकपाको प्रदेश कमिटिको कार्यालय सदस्य र पुन सदस्य हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले आफु निकट केन्द्रीय सदस्यहरुको भेला गरेर एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गर्नुभएको हो । शर्मा र पुन ओली निकट मानिनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...