धवलागिरीका तीन सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Gandaki Ghumau

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेका ११ वटा माध्यमिक विद्यालयका तीन सय जना भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण भएको छ ।

धवलागिरी गाउँपालिका–७ धारापानीका स्व. लोकबहादुर थापा र आमा चन्द्रकली थापाको नाममा उहाँका सन्तानले स्थापना गरेको चन्द्र–लोक शैक्षिक कोष मार्फत जेहेन्दार, विपन्न र अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रति विद्यार्थी रु. सात सय २० मूल्य बराबरको छ वटा कापी र छ वटा कलमका दरले तीन सय १० जनालाई रु. दुई लाख २३ हजार दुई सय मूल्य बराबरको शैक्षिक सामग्री सहयोग गरेको कोषका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

जनकल्याण मावि गुर्जा, लमसुङ मावि, धवलागिरी मावि मुना, धनजनता मावि फलियागाउँ, वुद्धिविकास मावि मुदी, चन्द्रज्योती मावि खिवाङ, जनजागृति मावि मल्कवाङ, जनविकास मावि मराङ, किसानी चन्द्रकुन्ता मावि धारापानी, ताकम मावि र हेम नमुना आवासीय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कक्षा १ देखि १० सम्म वार्षिक परिक्षामा प्रथम भएका, विद्यालयले सिफारिस गरेका विपन्न र अनाथ विद्यार्थी छनौट गरेर पठनपाठनमा सहजताका लागि शैक्षिक सामग्री वितरण गरेको थापाले बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहनुभएका थापाले कोष मार्फत चार वर्षदेखि धवलागिरी गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आउनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...