जलजलामा भू–सेवा केन्द्र स्थापना

Gandaki Pardesh notice

बेनी,। पर्वतको जलजला गाउँपालिकाले सोमबार भु–सेवा केन्द्र स्थापना गरेको छ । गाउँपालिका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण)ले केन्द्रको औपचारिक उद्घाटन गर्नुहुदै सेवा प्रवाह सुरु भएको घोषणा गर्नुभयो ।

केन्द्रबाट जग्गा राजीनामा, अंशबन्डा, नामसारी लगायतका जग्गा प्रशासन सम्बन्धी लिखत तयार पारिने छ । र उक्त लिखत मालपोत कार्यालय कुस्मामा पठाइने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । स्थानीय तहबाट भु सेवा केन्द्र स्थापना गरी सेवा दिने जलजला धौलागिरिमा पहिलो स्थानीय तह भएको हो ।

Bhautik ministry notice about road

केन्द्र स्थापना भएपछि कारोबार गर्न चाहेको विवरण भरी आबस्यक कागजपत्र अपलोड गर्ने अनि लिखत प्रिन्ट गरी सहीछाप सहित सेवाग्राहीलाई मालपोत कार्यालय पठाउने, कारोवारको व्यहोरा अनलाइनमा इन्ट्री गर्ने, कागज पत्र अपलोड गर्ने ल्याप्चे,फोटो अपलोड गर्ने, प्रिन्ट गर्ने अनि पुर्जा प्रिन्ट गरी मालपोत हाकिमबाट सहीछाप गराई सेवाग्राहीलाई सेवा केन्द्र बाट नै पुर्जा उपलब्ध गराइने व्यवस्था गरिएको गाउँपालिकाका कर्मचारी भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार मालपोत ऐन २०३४ संशोधन गरी मालपोत अधिकृतले गर्ने कामकाज प्रमुख प्रशासकीय अधिकृतले गर्ने व्यवस्था भएपछि लालपुर्जा को सबै काम स्थानीय तहबाट हुने भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...