बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

Gandaki Ghumau

बेनी, २७ कात्तिक । बेनी नगरपालिका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगिताको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिभाको पहिचान र विकासलाई टेवा पुग्ने विश्वास केसीले गर्नुभयो । नगरस्तरमा सञ्चालन भएका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा खेलप्रतिभाको विकासका लागि र राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्न प्रतियोगिताले टेवा पुग्ने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

Shreekrishna

प्रतियोगिताहरूले खेलाडीहरूको प्रतिभा पहिचान गरी क्षेत्रीय र राष्ट्रिय स्तरमा पु¥याउन सहयोग पुगेको उहाँको भनाइ छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २७ वटा विद्यालयले सहभागिता जनाएका प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक चक्र केसीले बताउनुभयो ।

भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न तीन सय ७८ इभेन्टमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने नगरपालिका शिक्षा शाखा अधिकृत कमलप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब आड सय खेलाडी विद्यार्थीको सहभागिता छ ।

Gunasthariya Shiksya


प्रतियोगितामा विजेतालाई रु. ५१ हजार साथमा रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः रु. ४० हजार र रु. ३० हजार रुपियाँको साथमा ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

उद्घाटनका क्रममा भएको एक हजार पाँच सय मिटरको छात्रा र छात्रतर्फको दौडमा राष्ट्रिय मावि नेप्टेचौर र न्यु वेष्ट पोइन्ट आवासीय मावि बेनी बिजयी भएका छन् । छात्रातर्फ राष्ट्रिय माविकी अञ्जली खत्री प्रथम, प्रकाश माविकी अञ्जली स्रिपाली दृतीय र दिपक मा.वि. पात्लेखेतकी रितिका घताने तृतीय हुनुभयो ।

कक्षा ५ मा अध्ययन गर्ने १० वर्षीया रितिकाको खेलले प्रशंसा पाएको छ । दर्शकको मन जितेको छ । छात्रतर्फ वेष्ट पोइन्टका सक्षम बोहोरा प्रथम, प्रकाश माविका विपिन कार्की दोस्रो र जामुनाखर्क माविका मन्जिल वि.क. तृतीय भएका बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति अर्जुन शर्मा, शिक्षा,युवा तथा खेलकुद शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले खेलकुद प्रतियोगिताले विद्यार्थीमा खेल क्षमताको पहिचान र अनुशासित बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । प्रतियोगिता सुरु हुनुअघि विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...