धवलागिरीको हिउँदेसभाबाट शाखा कार्यालय एकिकृत र धारापानीमा स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय

Gandaki Pardesh notice

ताकममा अस्पताल स्थापना गर्ने निर्णयका लागि गाउँसभा सदस्यहरुले सर्त अघि सारे

मुना, । छरिएका म्याग्दीको धवलागिरी गाउँपालिका अन्तरगतका बिषयगत शाखा कार्यालय एकिकृत हुने भएका छन् ।

Shreekrishna hardwear in news

मुनामा सोमबार सुरु भएको हिउँदेसभाले गाउँपालिकाको कार्यालय भएकै ठाउँबाट शाखा कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । वडा न. ३ को सातमुलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको २०७४ साउन २५ गतेको गाउँसभाले अन्य बिषयगत शाखा कार्यालय वडा न. ७ र ३ बाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

शाखा कार्यालयहरु एकै ठाउँमा नहुँदा र छरिदा नागरिकलाई सेवा प्राप्त गर्न सास्ति, झञ्जट र दुःख भएको भन्दै गाउँसभामा कार्यालय एकिकृत गर्ने प्रस्ताब प्रस्तुत गरिएको थियो । वडा न. १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल प्रस्ताबक रहनुभएको उक्त प्रस्ताबमा गाउँसभाका ३७ मध्य २२ जनाले पक्षमा मतदान गरेपछि बहुमतको आधारमा पारित भएको हो ।

अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तावमा तटस्थ बस्नुभएको थियो । १ जना गाउँसभा सदस्य सभामा सहभागि हुनुभएको थिएन् । सभाको निर्णयसँगै हाल ताकमबाट सञ्चालित स्वास्थ्य, कृषि र पशु सेवा तथा शिवाङमा राखिएको शिक्षा शाखा हाल गाउँपालिकाको अस्थाई कार्यालय रहेको मुनाबाटै सचालन हुने भएका छन् ।

सभामा प्रस्तुत भएको वडा न. ७ धारापानीमा स्वास्थ्य चौकी स्थापना गर्ने प्रस्ताव पनि पारित भएको छ । ताकममा पाँच शैयाको अस्पताल स्थापना गर्ने प्रस्ताव पारित गर्नका लागि सभाका सदस्यहरुले शाखा कार्यालय एकिकृत गर्ने निर्णय कार्यान्वयनमा सघाउने ताकमका जनप्रतिनिधिको प्रतिवद्धताको सर्त राखेपछि मंगलबार १० बजेसम्मका लागि सभा स्थगित भएको छ ।

स्थायी केन्द्र कायम गर्ने क्रममा गाउँसभाले धारापानीमा १५ शैयाको अस्पताल बनाउने निर्णय गरेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताकममा अस्पताल बनाउने ठाउँ छनौट गरेपछि बिवाद उत्पन्न भएको थियो ।

ठाउँको बिवादले मंसिर १५ गतेलाई तय गरिएको अस्पताल शिलन्यास गर्ने कार्यक्रम रोकिएपछि सेवा केन्द्र एकिकृत र ताकममा अस्पताल बनाउने बिषयमा सर्बपक्षीय बैठकको सुझावका आधारमा गाउँसभाबाट निर्णय गरिएको हो ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष थमसरा पुनले सर्वोच्च अदालतमा बिचाराधिन रहेको गाउँपालिकाको स्थायी केन्द्रको बिवादलाई थाति राखेर नागरिकलाई एकै ठाउँबाट सहज हिसाबले सेवा उपलब्ध गराउन शाखा कार्यालय एकिकृत गर्न लागिएको बताउनुभयो ।

Bhautik ministry notice about road

“यसअघिको त्रुटिपुर्ण निर्णयका कारण गाउँपालिकाको कार्यालय र शाखा कार्यालय एकै ठाउँमा नहुँदा नागरिकलाई सास्ति भएको महशुस गरेर निर्णय सच्चाएका हौ,” अध्यक्ष पुनले भन्नुभयो “धारापानीबासीलाई पायक पर्ने ठाउँबाट सहज रुपमा स्वास्थ्य सेवा उपभोग गर्ने ब्यवस्था मिलाउन स्वास्थ्य चौकी स्थापना गर्ने र ताकममा ५ शैया क्षमताको अस्पताल बनाउन लागिएको छ ।”

बजेट संसोधन गर्ने प्रस्ताव भने सर्बसहमतिले पारित गरेको छ । सभामा प्रस्तुत गरिएका प्रस्तावका बिषयमा जनप्रतिनिधिहरुको राय र मत बाझिएपनि मत बिभाजन गरेर निर्णय लिइएको हो । वडा न. १ गुर्जा, २ लुलाङ, ३ मुना र ४ मुदीका जनप्रतिनिधिहरुले शाखा कार्यालय गाउँपालिका भएकै ठाउँबाट सञ्चालन गर्नुपर्ने मत राखेका थिए ।

उपाध्यक्ष रेशम छन्त्यालले कार्यकाल सकिन लागेको अवस्थामा विगतमा निर्णय भइसकेको बिषयमा पुन छलफल आवश्यक नरहेको भन्दै शाखा कार्यालय एकिकृत गर्ने प्रस्ताबको बिषयमा असहमति व्यक्त गर्नुभयो । कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले गाउँपालिकाकै स्थायी केन्द्रको बिषयमा पुनबिचार गर्नुपर्ने बताउनुभयो ।

ताकमका वडा अध्यक्ष कलानिधी शर्मा, सदस्य अमृता भण्डारीले स्थायी केन्द्रको मुद्दा अदालतमा बिचाराधिन रहेको अवस्थामा विगतकै निर्णयलाई निरन्तरता दिनुपर्ने बिचार राख्नुभयो । मराङका वडा अध्यक्ष राजाराम शर्माले बैंक र गाउँपालिकाको कार्यालय फरक ठाउँमा हुँदा धेरै सास्ति भएकाले बैंक पनि गाउँपालिकासगै स्थापना गर्नुपर्ने बताउनुभयो ।

मुनाका वडा अध्यक्ष पुर्म पुनले नागरिकको सुबिधालाई ध्यानमा राखेर सर्बपक्षीय भेलाको सुझावको आधारमा शाखा कार्यालय एकिकृत गर्नुपर्ने बताउनुभयो । वडा सदस्य चुनदेवी बि.कले स्थाई केन्द्र कायम भएको ठाउँ सातमुलेमा १५ रोपनी जग्गा निशूल्क ब्यवस्था गरिएको बताउदै त्यही छिटो पुर्बाधार बनाउन माग गर्नुभयो ।

मराङका वडा सदस्य लोकबहादुर पुनले गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने गाउँसभामा जनप्रतिनिधिले आफ्नो विबेक प्रयोग गर्न नपाएको गुनासो गर्दै त्यो निर्णय सच्चाउनुपर्ने बताउनुभयो । लुलाङका वडा सदस्य मतिप्रसाद पाइजाले शाखा कार्यालय एकिकृत गर्ने आवश्यक भएको भन्दै प्रस्तावको सर्मथन गर्नुभयो ।

गाउँसभाले कर्मचारि पारिश्रमिक शिर्षकको दश लाख रुपैयाँ अन्य सेवा शूल्कमा, गुर्जाको नापी तथा मालपोत शिविरका लागि बिनियोजित एक लाख रुपैयाँ गुर्जाको टेलिकम टावरमा आवश्यक सामग्री ढुवानी गर्न र मुदीको आधुनिक मौरी पालन घार बितरण तथा तालिम सञ्चालनका लागि बिनियोजित एक लाख रुपैयाँ बगर टेलिफोन टावरमा आवश्यक सामग्री ढुवानीका लागि रकमान्तर गरेको छ ।

यसैगरी बगर स्वास्थ्य इकाई घेराबार र खानेपानी ब्यवस्थापनका लागि बिनियोजित सात लाख बगर एक घर एक धारा खानेपानी योजनाका लागि, ह्यम पाइप खरिदका लागि बिनियोजन भएको आन्तरिक स्रोतको आठ लाख रुपैयाँ अन्य भत्तामा र कर्मचारी पारिश्रमकिका लागि बिनियोजन भएको आठ लाख रुपैयाँ ह्युम पाइप खरिद शिर्षकमा रकमान्तर गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताउनुभयो । यस्तै कर्मचारी पारिश्रमिक शिर्षकमा बिनियोजन भएको एक लाख ४८ हजार रुपैयाँ मुना–मुदी मोटरबाटोमा रकमान्तर गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...