धवलागिरिको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी धनजनताले चुम्यो

Gandaki Ghumau

ताकम मावि उपबिजेता, हेम नमुना तृतीय

गोपाल आचार्य
ताकम, धवलागिरी गाउँपालिका–७ ताकममा मंगलबार सम्पन्न अन्तर माध्यमिक विद्यालय पालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा फलीयागाउँको धजनजता मावि बिजयी भएको छ ।

धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा १३ स्वर्ण, तीन कास्य र पाँच वटा रजत पदक जित्दै बिजेता भएको हो । धनजनताले यसअघि पहिलो, दोस्रो र पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको पनि उपाधी जितेको थियो ।

Shreekrishna

दोस्रो भएको ताकम माविले सात स्वर्ण, पाँच कास्य र चार रजत तथा तेस्रो भएको हेम नमुना आवासीय माविले दुई स्वर्ण, छ कास्य र छ रजत पदक जितेको धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले बताउनुभयो ।

Gunasthariya Shiksya

बिजेताले नगद रु. ६० हजारको साथमा रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ४० हजार र ३० हजार प्रदान गरिएको छ ।

१२ वटा विद्यालयका विद्यार्थीहरुबीच एथलेटिक्स र भलिबल बिधाको २८ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, प्रतियोगिता संयोजक तथा ताकमका वडा अध्यक्ष अशोक खत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको सबै बिधामा प्रथम हुने खेलाडीलाई धवलागिरी गाउँपालिका–३ फलीयागाउँका रेशम भण्डारीले व्यक्तिगत रुपमा नगद रु. तीन हजारका दरले रु. ९० हजार पुरस्कार प्रदान गर्नुभएको छ । भण्डारीले उत्कृष्ट विद्यालयलाई थप रु. दश हजार सहयोग गर्नुभयो । यसैगरी एथलेटिक्स र भलिबलको छात्राछात्र तर्फ उत्कृष्ट हुने चार जनालाई हाल अस्टे«लीयामा रहेका धवलागिरी गाउँपालिकाका पूर्व कर्मचारी आस्विन खत्रीले रु. दुई हजार पाँच सयका दरले नगद पुरस्कार उपलब्ध गराउनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...