म्याग्दीको कोशेली टिमुरका परिकार

Gandaki Ghumau

बेनी ः मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोशेली घरमा पाँच बट्टा टिमुरको चटनी किन्नुभयो । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोशेलीको रुपमा टिमुरको धुलो लैजानुभयो ।

“मसलाको रुपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कदा टिमुर किनेको हो,” तामाङले भन्नुभयो “पदयात्राको क्रममा लेक लागेमा औषधीको साथै खानासँगै चटनीको रुपमा प्रयोग गर्न स्वादीलो हुने रहेछ् ।”

Gunasthariya Shiksya

रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । म्याग्दी भ्रमणमा आउनेले किनेर लैजाने देखि देशका विभिन्न सहर तथा विदेशमा रहेका आफन्तहरुलाई कोशेली पठाउने प्रमुख वस्तु टिमुर बनेको बेनीकी उद्यमी मिना राम्जालीले बताउनुभयो ।

Shreekrishna

“घुम्न आएकाले सबैभन्दा धेरै किनेर लैजाने बस्तु टिमुरको धुलो र चटनी हो,” उहाँले भन्नुभयो “बहुउपयोगी टिमुर म्याग्दीको कोशेली बनेको छ ।” ग्रामिण क्षेत्रका किसानहरुले उत्पादन गरेको टिमुर बेनीका कोशेली घरहरुलाई ल्याएर बिक्री गर्छन् । उद्यमीहरुले टिमुरलाई प्रसोधन गरेर धुलो र चटनी बनाएर बट्टामा राखेर बिक्री गर्छन् । बट्टाको आकार अनुसार टिमुरको धुलो र चटनीको मूल्य हुन्छ ।
कोशेलीको साथै मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुने गरेको टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताउनुभयो ।
बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन । यस वर्ष करिब ५० मुरी टिमुर उत्पादन भएको अनुमान गरिएको टिमुर खेती समेत गरेका बानियाले बताउनुभयो ।
म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । बेनी–९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो । म्याग्दीमा हाल वार्षिक करिब छ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको वन डिभिजनको तथ्याङ्क छ ।
टिमुर खेती सम्बन्धी अनुसन्धान गर्दै आउनुभएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणी सापकोटाका अनुसार टिम्मुर औषधीय गुण भएको मसलेदार फल हो । उच्च रक्तचामलाई नियन्त्रण, कलेजो र दाँतको सुरक्षा, ‘फुड पोइजनिङ’ हटाउने टिमुर कलेजो सम्बन्धी समस्या भएका बिरामीहरुले पनि आयुर्वेदिक औषधीको रुपमा प्रयोग गर्ने उहाँले बताउनुभयो ।
पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपाली टिमुरको उत्पादन बढेको ढावाकी जमुना राईले बताउनुभयो । खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन ।’
पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान नरबहादुर राइले बताउनुभयो । जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन । म्याग्दी उद्योग वाणिज्य संघले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवद्र्धन गर्दै आइएको जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...