लोकदोहोरी प्रतिष्ठान म्याग्दीमा एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति

Gandaki Ghumau

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको शनिबार बेनीमा सम्पन्न २१ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा देवी जिसी, द्वितिय उपाध्यक्ष सुनिल बानियाँ, महिला उपाध्यक्षमा खिमा पुन, सचिव करण कँडेल, कोषाध्यक्ष शंकर पौडेल, सह–सचिव विजय परियार, सह–कोषाध्यक्ष पञ्चमायाँ पुन र प्रबक्तामा रमेश विक्रम रत्न चयन हुनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा गरिमा परियार, सिमा किसान, कृष्णराज पौडेल, भुवन ल्वागुन, कुलराज शर्मा, दुर्गा रोका, दिलु मगर, मिलन शेरपुञ्जा, निशा भण्डारी, सञ्जु भण्डारी र सञ्जय कुँवर रहनुभएको निर्वाचन समितिका सदस्य अमृत विश्वकर्माले जानकारी दिनुभयो ।

Shreekrishna

नवनिर्वाचित कार्य समितिहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव तथा निर्वाचन मण्डल संयोजक जीवन दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

Gunasthariya Shiksya

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर सुरत केसीले म्याग्दी जिल्ला लोक संगीतको उर्वर भूमी भएको बताउनुभयो । कलाकारले आफ्नो क्षेत्रबाट समेत जिल्लालाई चिनाउन सक्ने र चिनाइरहेको बताउँदै संस्थागत विकासका लागि नगरपालिकाले सहयोग गर्ने मेयर केसीको भनाई छ । सोही अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव दाहालले स्थानीय तहले संस्थालाई जग्गा ब्यवस्थापनमा सघाउन आग्रह गर्नुभयो ।

अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशकी उपाध्यक्ष मञ्जु बिक, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, अग्रज कलाकार नेत्रबहादुर महत, लोक गायिका धनकुमारी थापा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, सञ्चारिका समुह म्याग्दीकी अध्यक्ष देवी जिसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

साधारणसभा तथा अधिवेशनको अवसरमा पत्रकारिताको माध्यमबाट लोकसंगीतको क्षेत्रमा योगदान दिएको भन्दै नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष गौतम, शैक्षिक क्षेत्रबाट माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसी, लोक तथा गायन क्षेत्रमा चर्चित यूवा गायक प्रकाश दुतराज, गण्डकी लोकतारामा उत्कृष्ट बिजय परियार, गण्डकी लोकतारा बिजेता विजय परियारलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानको तर्फबाट प्रगति प्रतिवदेन करण कँडेल, आर्थिक प्रतिवेदन शंकर पौडेलले प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रब जिसीले आफ्नो कार्यकालमा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अध्यक्ष जिसीको अध्यक्षता वरिष्ठ उपाध्यक्ष चापागाईको स्वागत र सहसचिव कँडेलको संचालनमा सम्पन्न भएको थियो । प्रतिष्ठानले गीतसंगीतसँगै सामाजिक एवम् मानवीय सेवा सहित विभिन्न क्षेत्रमा सहयोग गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...