अन्नपूर्णमा पहिलो पटक डाक्टर पुगे

Beni Sanjibani

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् ।

अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुष १ गतेदेखि लागू हुने गरि डाक्टर ज्योति पन्थिलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदीले जानकारी दिनुभयो ।

“कोभिड अस्पताल सञ्चालन गर्नका लागि डाक्टर सहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौ,” उहाँले भन्नुभयो “छिट्टै कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौ ।”

Mangala Health notice about Je

नियमित बसेर सेवा दिने गरेर डाक्टर आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्बाधार र सामग्री ब्यवस्थापन गरिएको छ ।

कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँ गाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा डाक्टर आएकोमा स्थानीयबासी खुसी भएका छन् ।

कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र डाक्टर पाएका छन् । मंगला, धवलागिरी र रघुगंगा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरेपनि डाक्टर पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै पालिकालाई १० लाख रुपैयाँ बजेट पठाएको थियो ।

Beni nagarpalika ko janahit ma jari notice

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधीको समेत ब्यवस्था गरिएको छ । रु.४ लाख ५० हजार तलब, रु. ५० हजार औषधि र रु. ५ लाखको बेडसहितका सामग्री किन्न शिर्षक तोकेर बजेट पठाएको हो ।

यसैबीच अन्नपूर्ण गाउँपालिकाले वडा न. १ दोबामा अस्पताल निर्माणका लागि जग्गा ब्यवस्थापन गरेको छ । स्थानीयबासीले निशूल्क उपलब्ध गराएको १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गामा अस्पताल बनाउन जिल्ला स्तरीय जग्गा मूल्याङ्कन समितिले निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको हो ।

दोवाका वडा अध्यक्ष दिलिपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी ३ पैसा, यादवबहादुर गर्बुजाले १ रोपनी ८ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले ५ रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले २ रोपनी २ आना र टिकाबहादुर पुर्जाले साढे २ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको हो ।

यसैगरी औलामा प्राथमिक स्वास्थ्य केन्द्र सरहको भवन निर्माणका लागि हाल हिस्तान स्वास्थ्य चौकीको भवन परिसरमा स्थानीयले उपलब्ध गराएको जग्गा छनौट गरिएको छ । स्वास्थ्य चौकी ब्यवस्थापन समितिका उपाध्यक्ष कुमबहादुर पुर्जाले पाँच जनाले पाँच रोपनी जग्गा उपलब्ध गराएको जानकारी दिनुभयो ।

“र्कबहादुर गर्बुजाले दुई रोपनी १२ आना, हर्कराज पुर्जाले १४ आना, सिरप्रसाद पुर्जा पुनले १५ आना, शेरबहादुर पुर्जा र प्रेमशोभा पुर्जाले एक रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । हाल पाँच रोपनी क्षेत्रफल रहेको स्वास्थ्य चौकीको भवन परिसरमा रहेको थप ५ रोपनी जग्गा प्राप्त भएको पुर्जाले बताउनुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाई (भवन) बागलुङका प्रमुख उमेश चौधरीले स्वास्थ्य मन्त्रालयको सिफारिस अनुसार स्तरोन्नति हुने स्वास्थ्य चौकीको भवन बिस्तार गर्न लागिएको बताउनुभयो । जग्गा प्राप्ति प्रक्रिया पुरा भएपछि डिजाइन तयार पारेर ठेक्का मार्फत भवन बनाउने उहाँले बताउनुभयो ।

२०७२ को भूकम्पले स्वास्थ्य चौकीको पुरानो भवन जिर्ण बनाएको थियो । गत वर्ष सहरी आवास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले ठेक्का मार्फत रु. एक करोड ३१ लाखको लागतमा सुबिधा सम्पन्न भवन निर्माण गरेको थियो । दुई तले भवनको भुइतला स्वास्थ्य चौकीको सेवा प्रवाह र प्रशासनिक कक्ष तथा माथिल्लो तलामा दुई परिवारका लागि क्वाटर (आवास) कोठा छन् ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...