मुस्ताङ प्रशासनले भन्यो– उच्च हिमाली क्षेत्रमा अहिले पदयात्रा नगर्नू

Gandaki Ghumau

मुस्ताङ, मुस्ताङ प्रशासनले त्यहाँको पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ।

सोमबार एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो।

Gunasthariya Shiksya

मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८ सय मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४ सय मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ।

Shreekrishna

त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए।

जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमान सम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत प्रशासनले अनुरोध गरेको छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...