धवलागिरीको बाँसबोट र खारामा बिजुली बलेपछि खुसीयाली

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने बाँसबोट र खारामा शनिबार पहिलो पटक बिजुली बलेको छ ।

नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले केन्द्रिय प्रशारण लाइनको बिद्युत बिस्तार गरेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । हिलापोखरीको ट्रान्सफर्मरबाट खोरबाङ हुदै खारा र बाँसबोटमा बिद्युत बिस्तार गरिएको हो । १७ वटा घरमा बिजुली बलेको बाँसबोटका बासिन्दा धनबहादुर पुर्जाले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

धवलागिरी गाउँपालिका वडा न. ४ का वडा सदस्य केशर पुनको प्रमुख आतिथ्यता र चन्दादाता रेशम पुनको बिशिष्ट आतिथ्यता, खाम्लाको युवा क्लवका अध्यक्ष ज्ञानबहादुर घर्तिको अध्यक्षता र पुर्जाको सञ्चालनमा बिद्युत उद्घाटन कार्यक्रम भएको थियो ।

Shreekrishna hardwear in news

सो अवसरमा नाचगान गरेर खुसीयाली मनाएका स्थानीयबासीले बिद्युत प्राधिकरणका कर्मचारी र ठेकेदार दिनेश थापाका मजदुरका टोलीलाई सम्मान गरेका थिए । गत बैशाखमा पोल गाड्ने र तार तानिएपनि लकडाउन, कोरोनाको जोखिम र बाढी पहिरोका कारण बिजुली बाल्न ढिलाई भएको थियो ।

वडा सदस्य पुनले मुदी र खाम्लामा पनि बिद्यूतिकरणको तयारी भएको बताउनुभयो । यसअघि स्थानीयबासी उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । बिद्युत भएपछि बत्ति बाल्नका साथै टिभी हेर्न, ल्यापटप, कम्प्युटर चलाउन, मोवाइल चार्ज गर्न, इन्टरनेट चलाउन, घरायसी कामकाज गर्न सहज भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...