इनास उत्तर अमेरिका महादेश संयोजकमा राहुल के सी नियुक्त

Gandaki Ghumau

अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज (इनास) उत्तर अमेरिका महादेश संयोजकमा कलाकार राहुल के सी नियुक्त भएका छन् ।

बिश्व ब्यापी संजाल रहेको नेपाली कलाकारहरुको एक मात्र संस्था “अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज (इनास)” ग्लोबलको हालै काठमाण्डौमा सम्पन्न छैठौ महाधिवेशनबाट लामो समय देखी अमेरिकामा रही इनासमा आबद्ध रहनु भएका नायक तथा मोडल राहुल के सी इनास उत्तर अमेरिका महादेश प्रमुख “क्षेत्रीय संयोजक” पदमा नियुक्ति भएका हुन् ।

सन २०१२ मा यूरोपको पोल्याण्डबाट स्थापना भएको इनासले आफ्नो साखा बिस्तार गर्ने क्रममा सन २०१४ मा अमेरिकाको भर्जिनियाबाट बिधिवत रुपमा इनास अमेरिकाको सुरुवाट गरिएको थियो।

Shreekrishna
Gunasthariya Shiksya

इनासले स्वदेश तथा बिदेशमा नेपाली कला संस्कृति, भाषा साहित्य र खेलकुद जस्ता महत्वपूर्ण विषयमा उल्लेखनीय काम गर्दै आएको छ।

के सी इनास अमेरिका अन्तर्गत भर्जिनिया राज्य समितिको संस्थापक उपाध्यक्ष हुदै कार्यकाल २०१७-२०१९ र १०१९-२०२१ को इनास भर्जिनिया राज्य समितिको अध्यक्ष , कार्यकाल २०२१-२०२३ मा इनास अमेरिका राष्ट्रीय समितिको महासचिव, त्यसैगरी यस अगाडी २०२३-२०२५ कार्यकालको लागी इनास अमेरिका राष्ट्रीय समितिको अध्यक्ष पदमा रही सफल कार्यकालको नेतृत्व गरि सकेका छन् । राहुलले यसअघि इनेप्लिजका लागि मेरिल्याण्ड, बाल्टिमोरमा रही योगदान गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...