सेवा क्षेत्र बिस्तार गर्दै पश्चिम नेपाल साकोस

Gandaki Pardesh notice


दरवाङ, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभा शनिबार मालिका गाउँपालिकाको दरवाङ बजारमा सम्पन्न भएको छ ।

साधारणसभामा प्रस्तुत आर्थिक, प्रगति प्रतिवेदन तथा सेवा क्षेत्र बिस्तार गर्ने प्रस्ताव पारित भएको छ । १३ जना उत्कृट कारोबारी र ३ जना कर्मचारीलाई सम्मान गरिएको थियो । पहिलो चरणमा पर्वत सहित गण्डकी प्रदेश भित्रका उद्देश्य मिल्ने सहकारीसँग एकता गर्दै सेवा क्षेत्र बिस्तार गरेर प्रदेशकै उत्कृष्ट सहकारी बनाउने निर्णय गरिएको संस्थाका सचिव हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दरवाङमा केन्द्रिय कार्यालय रहेको पश्चिम नेपालको बेनी, सिंगा तातोपानी, बाबियाचौर, ताकम, भगवति र पोखरेबगरमा सेवा केन्द्र छन् । तीन हजार २०० जना भन्दा बढी सदस्यको साढे नौ करोड सेयर पुजि रहेको सहकारीले गत आर्थिक वर्षमा ८७ करोड रुपैयाँको कारोबार गरेको थियो ।

Shreekrishna hardwear in news

गत आर्थिक वर्षमा ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले ४२ करोड रुपैयाँ लगानी गरेको छ । साधारणसभाको अवसरमा संस्थाको आधिकारिक वेवसाइट पनि सञ्चालनमा ल्याएको छ ।

Bhautik ministry notice about road

साधारणसभाको संस्थाका पुर्व अध्यक्ष तथा जेष्ठ सेयर सदस्य समेत रहनुभएका मालिका गाउँपालिका–४ ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचनले उद्घाटन गर्नुभएको थियो ।

अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, सचिव हरिप्रसाद पौडेलको सञ्चालन र उपाध्यक्ष भिमप्रसाद गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कृष्ण आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा पुर्ब अध्यक्ष मोतिराज गौतम, संस्थापक सचिव रामचन्द्र गौतम, पुर्ब सञ्चालक डम्मरबहादुर घर्ति, बालकृष्ण शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कोरोनाको जोखिमका कारण सेवा केन्द्रका प्रतिनिधि छनौट गरेर प्रतिनिधिमुलक हिसाबले साधारणसभा गरिएको थियो । साधारणसभा हुनुभन्दा दश दिन अघिदेखिनै सेवा केन्द्र मार्फत सेयर सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराएर अध्ययनको समय दिई सुझाव संकलन गरिएको प्रबन्धक सदन कडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...