बेगखोलाबाट उत्खनन् भएको बालुवा जफत

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा रहेको बेगखोलाबाट ठेक्का सम्झौता बिनै उत्खनन् र भण्डारण गरिएको बालुवा जफत भएको छ ।

जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले जफत गरेको बालुवाको मूल्याङ्कन गरेर जरिवानाका लागि गाउँपालिकालाई सिफारिस गरेको हो ।

Gunasthariya Shiksya

जफत भएको बालुवाको रु. १७ लाख ५३ हजार ५० मूल्याङ्कन गरेर कारबाही र लिलामीका लागि गाउँपालिकालाई सिफारिस गरेको अनुगमन टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

Shreekrishna

स्थानीय तहसँग ठेक्का सम्झौता गरेर तोकिएको परिणाममा मात्र नदीजन्य बस्तु उत्खनन् र निकासी गर्न पाउने व्यवस्था छ । अनुगमन टोलीले बेगखोलामा ठेक्का सम्झौता बिनै बालुवा उत्खनन् र भण्डारण गरेको भेटाएको थियो ।

“बालुवा जफत गरेर राजस्व संकलनका लागि गाउँपालिकामा पत्र पठाएका छौ,” जिससका कार्यबाहक प्रमुख खत्रीले भन्नुभयो “बगरबाट अवैध रूपमा उत्खननलाई समेत रोक्न निर्देशन दिएका छौ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...