अपाङ्गलाई राहत सामग्री बितरण

Beni Sanjibani

बेनी, । कोरोना (भाइरस) र प्राकृतिक बिपद्बाट प्रभावित भएका म्याग्दीका अपाङ्गहरुलाई शनिबार बेनीमा राहत सामग्री बितरण गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ र अपाङ्ग संघ म्याग्दीको समन्वयमा सिबिएम नेपालले ११ जना अपाङ्गता भएका नागरिकहरुलाई खाद्यान्न, लत्ताकपडा र सरसफाई सामग्री सहयोग गरेको हो ।

प्रतिव्यक्ति १२ हजार रुपैयाँ बराबरको तीस किलो चामल, दुई वटा बलाङ्केट, ३ केजी दाल, २ लिटर खानेतेल, २ केजी नुनको साथमा साबुन, ब्रस, सेनेटरी प्याड लगायत सरकारफाई सामग्री बितरण गरिएको थियो ।

Mangala Health notice about Je
Beni nagarpalika ko janahit ma jari notice

महासंघका प्रदेश अध्यक्ष खोमराज सुबेदी, केन्द्रिय सचिवालय सदस्य सुरेन्द्र खत्री, अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसी, लेखाजोखा केन्द्रकी कल्पना खड्काले सामग्री बितरण गर्नुभयो । कोरोना र बिपद्बाट प्रभावित भएका अपाङ्गता भएका नागरिकको जिबनयापन सहज होस भनेर सहयोग गरेको प्रदेश अध्यक्ष सुबेदीले बताउनुभयो ।

४१ जनाको तथ्याङ्क संकलन गरेर सामग्री मागिएकोमा म्याग्दीका ११ सहित ४० जनाका लागि प्रदेशभर सामग्री पाएको थियो । सामान ढुवानीका लागि आइएनएफले गाडी उपलब्ध गराएर सहयोग गरेको थियो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...