म्याग्दी कारागारबाट भागेर अझै नर्फकिने कैदी को को हुन ?

Gandaki Ghumau

बेनी, ः म्याग्दी कारागारबाट एक महिना हप्ताअघि भागेका ७१ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ ।

बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका अनुसार पाँच जना बाहेक ७१ जनालाई कारागार फर्काइएको हो ।

कार्यदलले बिहिबार सूचना जारी गरेर हालसम्म कारागार नर्फकीएका पाँच जना कैदीहरुको नाम सार्वजनिक गरेको छ । असोज २० गतेसम्म कारागार फर्कन कार्यदलले समयसिमा तोकेको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

जवरजस्ती करणी सम्बन्धी मुद्दाका बेनपा–५ का बिक्रम भन्ने कमल परियार, कर्तब्य ज्यान मुद्दाका रघुगङ्गा–४ का के बहादुर गर्बुजा, धवलागिरी गाउँपालिका–४ का अमृत पूर्जा, पुथा उत्तरगंगा गाउँपालिका–९ पुर्वी रुकुमका अनिल बिक र लागू औषध मुद्दाका भारतको बिहारका अजितकुमार पासवान फरार छन् ।

कार्यदलले सार्वजनिक सूचना मार्फत फरार बन्दीहरुलाई कारागार फर्काउन सूचना दिन अनुरोध र लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारवाही गरिने जानकारी गराएको छ ।

कारागारमा भएका ८८ जना मध्य महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिड्न नसक्ने बाहेक सबै ताला तोडेर भागेका थिए । यसैगरी कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेका सात जनालाई म्याग्दी जिल्ला अदालतले बुधबार जनही रु. एक÷एक लाख घरौटीमा छोड्न आदेश दिएको छ । प्रहरीले उनिहरुलाई पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...