म्याग्दीका सुजन बरुवाल नेपाल जेसिजको उपाध्यक्षमा बिजयी

Sinchai Khanipani notice

बेनी, । नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्बाचित हुनुभएको छ ।

लुम्बिनी प्रदेशको भलबारीमा शुक्रबार भएको ४७ औ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदानबाट बरुवाल उपाध्यक्षमा निर्बाचित हुनुभएको हो ।

बरुवालले ७१८ मत प्राप्त गरेर बिजयी हुनुभएको म्याग्दी जेसीजका बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । १२ जना उपाध्यक्षहरु मध्य बरुवालले ८ औ उत्कृष्ट मत पाउनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बरुवाल म्याग्दी जेसीजको बर्ष २०२० को अध्यक्ष हुदै केन्द्रिय उपाध्यक्ष बन्नुभएको हो । सन २०१४ मा साधारण सदस्यको रुपमा जेसिजमा प्रबेश गरेका बरुवाल २०१७ मा शाखा उपाध्यक्ष, २०१८ मा कोषाध्यक्ष, २०१९ मा कार्यकारीणी हुदै २०२० मा शाखा अध्यक्ष बन्नुभएको थियो ।

म्याग्दी जेसीजको पाँचौ बोर्ड बैठकले गरेको बरुवाललाई जेसीजको राष्ट्रिय उपाध्यक्ष बनाउने निर्णय दोस्रो साधारणसभाले अनुमोदन गरेको थियो । यसअघि सन २०१५ मा म्याग्दीका धनञ्जयकुमार श्रेष्ठ नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष बन्नुभएको थियो ।

उपाध्यक्षमा निर्बाचित भएपछि बरुवालले मतदान र आफूलाई जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । जेसिजको उद्देश्य अनुसार युवाहरुको नेतृत्व र क्षमता बिकासको क्षेत्रमा सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...