दरवाङ आधारभूत अस्पतालमा जटिल प्रकृतिको प्रसुति सेवा

Gandaki Ghumau

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसासिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशूको सफल प्रसुति गराइएको छ ।

मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी ब्यथा सुरु भएको सात घण्टापछि शुक्रबार बिहान १०ः३० मा मालिका गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा आउनुभएको थियो । ती किशोरी पहिलो पटक आमा बनेकी हुन् ।

अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरिक्षक यमन नेपालीका अनुसार पहिलो पटक सुत्केरी भएकी किशोरीको ३७ हप्ता एक दिनको गर्भमा बच्चा उल्टो अवस्थामा थियो । आमाको उमेर कम र गर्भ उल्टो भएकाले आमा र शिशूको जिवन जोखिममा थियो । गर्भ उल्टो हुँदा शिशू जन्मदाँ टाउको अड्किएको र जन्मिदाँ निसासिएर शरिर निलो भएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

“बच्चा उल्टो भएको र पुुरै घर खुुलिसकेको रिफर गर्दा थप समस्या हुने देखेर जोखिम मोलेरै भएपनि सुुत्केरी गराउन ढिलाई गर्न नहुुने निर्णय लियौ,” उहाँले भन्नुभयो “निसासिएर शरिर निलो, मुुटुुको घड्कनको गति एक सय भन्दा कम, स्वासप्रस्वाशको दर न्युन भएको र शरिर पनि नचल्ने अवस्थामा जन्मिएको बच्चालाई करिब दुई घण्टाको प्रयासमा सामान्य अवस्थामा फर्कायौ ।”

जनस्वास्थ्य निरीक्षक नेपाली र सिनियर अनमी दिपा परियारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला र बेनी अस्पतालका चिकित्सकहरुको परामर्श तथा निर्देशनमा प्रसुति गराउनुभएको हो ।

“जटिल अवस्थामा जन्मिएको बच्चालाई डा. बास्तोलाको अनलाइन परामर्शको आधारमा तत्कालै उत्तेजना गरायौ, सुुख्खा गराएर नाक, मुखमा भएको ¥याल निकालेपछि बच्चाले कन्न थाल्यो,” नेपालीले भन्नुभयो “ब्याग एण्ड मास्कको सहायताले करिब १२÷१३ पटक हावा दिएपछि बच्चाको ओठ पनि गुलाबी हुदै रुन थालेपछि खुुसीको सिमा रहेन् ।”

स्वास्थ्यकर्मी तथा चिकित्सकहरुका अनुसार गर्भमा उल्टो भएका र निसासिएर जन्मएिका शिशूूलाई बचाउन कठिन हुुन्छ । बिरलै मात्र नवजात शिशूलाई बचाउन सकिन्छ । सहरका सुविधा सम्पन्न अस्पतालमा यस्तो अवस्था शल्यक्रिया मार्फत प्रसुति गराइन्छ । ग्रामिण क्षेत्रमा रहेको दरवाङ अस्पतालका स्वास्थ्यकर्मीहरुले सिमिति स्रोत र साधनका बावजुुद जटिल किसिमको प्रसुति सेवा दिएका हुन् ।

बच्चाको तौल दुई किलोग्राम पाँच सय ग्राम छ । हाल आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । थप निगरानी तथा ब्यवस्थापनको लागि बेनीमा रहेको प्रदेश अस्पताल मार्फत पोखरा पठाइएको जनस्वस्थ्य निरीक्षक नेपालीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...