ताकमकोतको ठेलो प्रतियोगितामा अशोक खत्री १० औ पटक बिजयी

Gandaki Ghumau

ताकम ः म्याग्दीको ऐतिहाँसिक ताकमकोतमा यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका– ७ का ३५ वर्षीय अशोक खत्रीले जित्नुुभएको छ । सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले १० औ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधी जितेर इतिहाँस रच्नु भएको हो ।

आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी मध्य सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो । खत्री बाहेक हालसम्म दश पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्र थापाले बताउनुभयो ।

“प्रतियोगितामा ताकम र आसपासका गाउँका २० जना युवाहरुले सहभागिता जनाएका थिए,” थापाले भन्नुुभयो “पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपिठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा बिजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।”

Shreekrishna
Gunasthariya Shiksya

बि.स. २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधी जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुुभएको थिएन् । २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित हनुुभएको थियो । निरन्तरको अभ्यास, शारिरिक ब्यायम र स्वच्छ खानपानले उपाधी जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो ।

“वि.स. २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रुपमा काम गर्दा तयारी नपुुगेर सफल भएको थिइन,” उहाँले भन्नुुभयो “विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको थिए । एकै पटकमा अरुले भन्दा टाढा ठेलो फाले । सोख पुुरा भएकोमा खुुसी छुु ।”

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उमेद्वार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुुभव छ । भलिबल र बास्केटबलका खेलाडी समेत रहेका स्नातक तहको शिक्षा हाँसिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को धवलागिरी गाउँपालिका कमिटिको उपाध्यक्ष पनि हुुनुहुन्छ । जनप्रतिनिधिको जिम्मेवारी पुुरा गरेपछि खेल प्रशिक्षक बन्ने खत्रीको लक्ष्य छ ।

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रेशम बहादुुर जुुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमपसाद पुुन लगायतले फेता गुटाएर सम्मान गर्नुुभएको थियो । स्थानीयबासीहरुले खत्रीलाई काँधमा बोकेर बाजागाजा सहित गाउँ परिक्रमा गराएका थिए ।

महानवमी पर्वको अवसरमा परम्परागत चलन अनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले पुुख्र्यौली नाच र हिलापोखरीका कलाकारहरुले नौमती बाजा प्रस्तुत गरेका थिए । ताकमकोतमा महानवमी पर्वको अवसरमा पूजाआजा गर्ने भक्तजनहरुको घुइचो लागेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...