म्याग्दीमा ओली समुहका बिद्यार्थीको अराजकता

Beni Sanjibani

बेनी, । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहका बिद्यार्थीहरुले श्रद्धाञ्जली सभामा भाग लिन म्याग्दी आएका अनेरास्ववीयूका सहसंयोजक रञ्जित तामाङमाथि अबरोधको प्रयास गरेका छन् ।

म्याग्दीका विद्यार्थी नेता स्वः यामनाथ पौडेलको श्रद्धाञ्जली सभामा सहभागि हुन आएका तामाङलाई शुक्रबार बेनीमा ओली निकट मानिने अनेरास्ववियूका विद्यार्थीहरुले अवरोध गर्न खोज्दा केही समय तनाब भएको थियो ।

होटल याकमा पत्रकार भेटघाट गरि आफ्नो धारणा राखेर श्रद्धाञ्जली सभाको लागि बावियाचौरतर्फ जान लागेका तामाङलाई ओली पक्षीय मानिने जिल्ला संयोजक सुवास विश्वकर्माको नेतृत्वको समुहले अवरोध गरेको हो । गुटगत भेला र कार्यक्रम गरेको आरोप सहित समुहले अवरोधको प्रयास गरेका थिए । तर तामाङ भेलामा नभइ पत्रकार सम्मेलनमा मात्रै सहभागी थिए ।

Mangala Health notice about Je

‘‘सह–संयोजक तामाङ श्रद्धाञ्जली सभामा भाग लिन आउनुभएको हो, उहाँ आउने जानकारी संयोजक सहित संगठनको कार्यालय टिमलाई जानकारी गराईएको थियो, आएको समयमा पत्रकार सँग भेटघाट गरौं भनेर कार्यक्रम आयोजना गरिएको हो, कुनै गुटको भेला तथा कार्यक्रम थिएन, पत्रकार सम्मेलन सकिएकै समयमा उहाँहरु (ओली निकट) एक्कासी आएर अराजगता मच्चाउन खोज्नु भएको हो’’ – अनेरास्ववियूका जिल्ला सह–संयोजक रेशम कटुवालले भन्नुभयो ।

Beni nagarpalika ko janahit ma jari notice

कार्यक्रममा सबैरुलाई बोलाएको भएपनि भेटघाटको लागि समेत नआएको र पत्रकार सम्मेलनलाई गुटगत भेला भनेर अराजग समुह लिएर विथोल्ने प्रयास खेदजनक रहेको सह–संयोजक कटुवालले बताउनुभयो । होटलमै दुवै समुह विच झन्डै झडपको अवस्था सिर्जना भएको थियो । ओली निकट विद्यार्थी नेताहरुले प्रचण्ड – माधव नेपाल निकट विद्यार्थीहरुलाई हात हाल्न खोजेका थिए । दुवै समुहका विच ठेलमठेलको अवस्था आएको थियो । विवादले उग्ररुप लिन थालेपछि नेपाल प्रहरीको टोली पुगेपछि विवाद साम्य भएको हो ।

दलबल सहित युवाहरुको जमात लिएर पुगेका जिल्ला संयोजक विश्वकर्माले भने म्याग्दी आउँदा आफुलाई जानकारी नदिएको आरोप सहित गुटगत भेला गर्न खोजेकाले त्यस्तो कार्यलाई रोक्नुपर्ने बताउनुभएको थियो । केन्द्रिय सहसंयोजक जिल्लामा आउँदा समग्र अनेरास्ववियू सहितको टोलीलाई भेट्नु पर्नेमा गुटगत रुपमा भेला गर्न खोजेकाले अवरोध गरेको उहाँले बताउनुभयो ।

विद्यार्थी नेता पौडेलको गत शुक्रबार उपचारका क्रममा निधन भएको थियो । पौडेल तत्कालिन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो । शुक्रबार केन्द्रिय सहसंयोजक तामाङ सहित सहभागि भएर श्रद्धाञ्जली सभा कार्यक्रको आयोजना गर्ने भनी जिल्ला सह–संयोजक कटुवालले संगठनमा छलफल चलाएलगतै ओली निकट विद्यार्थीहरुले विहिवार साँझ नै श्रद्धाञ्जली सभा गरेका थिए ।

सहसंयोजक तामाङ सहितको टोलीले शुक्रबार स्वर्गीय पौडेलको घरमा पुगेर परिवारलाई भेटघाट गरि श्रद्धाञ्जली सभा गरेका छन् ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...