मल्लाज कोतको राँगो मार हान्न तीन लाख बढी कबोल

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिकामा रहेको मल्लाज भगवति कोत मन्दिरमा नवरात्रको नवमिमा राँगो मार हान्ने व्यक्ति प्रतिस्पर्धाबाट छनौट गरिएको छ ।

मल्लाज भगवति कोत व्यवस्थापन समितिले सोमबार बढीबढाउ गरेर राँगो मार हान्ने व्यक्ति छनौट गरेको हो । जलजला गाउँपालिका–४ फुट्केढुङ्गाका अनोजबहादुर मल्लले रागो छेदन गर्न गोप्य बोलपत्र मार्फत रु. तीन लाख तीन हजार तीन सय ३३ कबोल गर्नुभएको समितिका नविन जिसीले जानकारी दिनुभयो ।

“अनोजले सरकारी राँगो मार हान्न हालसम्मकै बढी रकम कबोल गर्नुभएको हो,” उहाँले भन्नुभयो “नवमीको दिन मानवको कामक्रोधादि शत्रुको प्रतिक स्वरुप मानिने राँगोको छेदन गर्न इच्छुक धेरै जना भएपछि रकम बढीबढाउ गरेर छनौट गरिएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकाँंक्षा पूरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने गरेका छन् ।

करिब पाँच सय वर्ष पुरानो मल्लाज भगवति कोत मन्दिर बाइसेचौबिसे राज्यका पालामा तत्कालीन मल्लाज राज्यका राजाले पुजाआजाका लागि निर्माण गरेका थिए । वि.स. २०७५ मा मन्दिरको पुननिर्माण भएको थियो ।

हरेक बर्षको रामनवमी र बडा दशैँको समयमा पूजाआजा हुने मल्लाज कोत मन्दिरको दर्शन तथा पूजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । मल्लाज भगवति जलजला गाउँपालिकाको प्रमुख शक्तिपिठ हो ।

त्यहाँ सोमबार धार्मिक बिधीपूर्वक फुलपाति भित्र्याइएको छ । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, पुर्व अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), वडा अध्यक्षहरु प्रकाश जिसी, भरत जिसी लगायत जनप्रतिनिधीहरुको उपस्थितिमा फुलपाति भित्र्याइएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...