नेतृत्व र सरकारले एकताको मर्म तथा जनतासँग गरेको प्रतिवद्धता सम्झनुपर्छ– बिद्यार्थी नेता तामाङ

Gandaki Pardesh notice

बेनी, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्ववीयूका सहसंयोजक रञ्जित तामाङले पार्टी एकताको मर्म, भावना र चुनावमा जनतासँग गरेको प्रतिवद्धता सम्झन पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

बेनीमा शुक्रबार बिहान पत्रकारहरुसँगको भेटघाटका क्रममा नेता तामाङले पार्टी नेतृत्व र सरकार बिधि, प्रक्रिया र एकताको भावना अनुसार चल्न नसक्दा एकतामा समस्या सिर्जना भएको बताउनुभयो । नेकपाभित्रको बहस सकारात्मकता तर्फ केन्द्रित भएको नेता तामाङको भनाई थियो ।

पार्टी, सरकार र नेताको गलत प्रवृति, गतिबिधि र निर्णयलाई रचनात्मक आलोचना गरेर खबरदारी गर्ने बिद्यार्थी संगठनको विगत देखिको इतिहाँस भएको बताउँदै उहाँले सरकार र नेतृत्वलाई सही बाटोमा हिडाउन सचेत बनाउनुपर्ने धारणा राख्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘पार्टीका नेताहरुले जनतासँग गरेका प्रतिबद्धता भुल्न हुदैन् । एकताको सैदान्तिक, राजनितीक र संगठनात्मक आधारबाट बिचलित भएर दायाबाया गर्न हुदैन्,’ उहाँले भन्नुभयो ‘यो सरकारले मनपरी गर्ने छुट छैन् । बिधि र बिधानमा रहेर काम गर्नुपर्छ ।’

सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा परिणाम आउन नसकेको र जनतामा असन्तुष्टि बढेको उहाँको भनाई थियो । सरकारले ल्याएको युवा स्वरोजगार, शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट ऋण लिने ब्यवसस्था सकारात्मक भएको र त्यसलाई ब्यवहारिक बनाउदै प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीलाई घेरेका माफियाहरुले उच्च स्तरीय शिक्षा आयोगको प्रतिबेदन लुकाएको र कार्यान्वयन गर्न नदिएको नेता तामाङले बताउनुभयो । नेपालको शिक्षा क्षेत्रका सबै सरोकारवालाहरुसँग छलफल तथा परामर्शमा तयार भएको आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गरेमा ८० प्रतिशत शैक्षिक समस्या समाधान हुने उहाँको भनाई छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...