म्याग्दीका पर्यटकीय स्थल खुल्न थाले

Gandaki Pardesh notice

बेनी,। कोरोनाको जोखिम र बन्दाबन्दीका कारण बन्द भएका भएका म्याग्दीका पर्यटकीय स्थल खुल्न थालेका छन् ।

गत चैत महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरेपानीका होटल आगामी पुष १ गतेदेखि खुलेका छन् ।

अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोरेपानीको टोल सुधार समितिको बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्ने निर्णय गरेको हो । चैत महिनादेखि घोरेपानीमा पर्यटक आगमन र होटल बन्द गरिएको थियो ।

Shreekrishna hardwear in news

पर्यटन ब्यवसायलाई चलायमान बनाउन देशका अन्य ठाउँमा होटल तथा रेष्टुरेष्ट खुला गरिएसँगै घोरेपानीमा पनि पर्यटक आगमन खुल्ला र होटल सञ्चालन गरेको टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले जानकारी दिनुभयो ।

‘‘आर्थिक गतिबिधिलाई चलायमान बनाउन र पर्यटन ब्यवसायलाई पुरानै लयमा फर्काउन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल खोल्ने निर्णय गरेका हौ,’’ उहाँले भन्नुभयो ‘‘पर्यटकहरुलाई घोरेपानी, पुनहिल भ्रमण खुला गरिएको छ ।’’

Bhautik ministry notice about road

समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घरमा पर्यटक स्तरका होटल सञ्चालन भएका छन् । घोडेपानी नजिकको पर्यटकीय स्थल पुनहिलमा पनि पर्यटकका लागि खुलाइने भएको छ ।

विगतका वर्षमा असोज, कात्तिक, चैत र बैशाखमा घोडेपानीमा पर्यटकको घुइँचो लाग्दथ्यो । सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुरासे जंगल, मगर संस्कृतिको अवलोकनका लागि घोडेपानीमा पर्यटक आउने गर्छन् ।

घोरेपानीसँगै अन्नपूर्ण गाउँपालिकाको मोहरेडाडाँ, खोपारा, अन्नपूर्ण आधार शिविरमा पनि पर्यटक भित्र्याउन पहल थालिएको छ । तातोपानीका कुण्डहरु सञ्चालनका लागि तयारी गरिएको छ ।

होटल बन्द हुँदा म्याग्दीमा करिब एक हजार जना मजदुरको रोजगारी गुमेको छ । होटल तथा रेष्टुरेन्टमा काम गर्ने मजदुरहरु रोजगारी गुमेपछि घर गएका छन् । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीका सचिव सरोज थापाले थला परेको होटल र पर्यटन ब्यवसायलाई चलायमान बनाउन प्रर्वद्धनात्मक कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

उहाँका अनुसार केही होटल ब्यवसायी बिस्थापित समेत भएका छन् । म्याग्दीको बेनी, गलेश्वर, घोडेपानी, तातोपानी, दाना, सिंगा तातोपानी, बाबियाचौर, दरवाङ लगायतका ठाउँमा पाँच सयको हाराहारीमा होटल तथा रेष्टुरेन्ट छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...