बेनीमा कफ्र्यु हट्यो

Gandaki Ghumau

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासको क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कफ्र्यु शुक्रबार (आज बिहान)देखि खुलाएको छ । कफ्र्यु खुलाएपछि जनजिवन सामान्य र बजारमा चहलपहल बढ्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले पुर्व तर्फ म्याग्दी र पर्वतको सिमाना, दक्षिण तर्फ म्याग्दी र बागलुङको सिमाना (रत्नेचौर), साथै अर्थुङ्गे र गलेश्वर क्षेत्र अन्तर्गत पर्ने बेनी नगरपालिका वडा नं.–१, २, ६, ७, ८ र ९ भित्रको सम्पूर्ण भू–भागमा बुधबार बिहान १०ः२५ देखि लागु हुने गरी कफ्र्यु लगाएको थियो ।

Gunasthariya Shiksya

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले सुरक्षा अवस्था र आवश्यक परेमा पुनः लगाउन सकीने र तत्काललाई जनजिवन सामान्य बनाउनका लागि शुक्रबार बिहान सात बजेदेखि कफ्र्यु खुलाइएको जानकारी दिनुभयो ।

Shreekrishna

बुधबार बिहान बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारमा पुगेको एक समुहले हुलहुज्जत गरि ताला तोडेर ७६ जना कैदीबन्दी भगाएपछि उत्पन्न असहज परिस्थितिलाई विशेषण गरेर शान्ति सुरक्षा कायम गर्न कफ्र्यु लगाइएको थियो ।

जेनजी आन्दोलनका क्रममा मंगलबार बेनीमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको पार्टी कार्यालय तोडफोड, फर्निचर र कागजपत्र आगजनी भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...