बेनीमा निषेधाज्ञा जारी

Gandaki Ghumau

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासको क्षेत्रमा बुधबार देखि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहान १०ः२५ देखि लागु हुने गरी निषेधित क्षेत्रमा आवत जावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रर्दशन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेश जारी गरेको हो ।

पुर्व तर्फ म्याग्दी र पर्वतको सिमाना, दक्षिण तर्फ म्याग्दी र बागलुङको सिमाना (रत्नेचौर), साथै अर्थुङ्गे र गलेश्वर क्षेत्र अन्तर्गत पर्ने बेनी नगरपालिका वडा नं.–१, २, ६, ७, ८ र ९ भित्रको सम्पूर्ण भू–भागमा निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

Shreekrishna

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटन सवारी साधनहरु र मानव अधिकार तथा कुटनिटिक नियोगका सवारी साधनहरु आवागमनमा सुरक्षाकर्मीले सहजिकरण गर्ने प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Gunasthariya Shiksya

बुधबार बिहान बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारमा पुगेको एक समुहले हुलहुज्जत गरि ताला तोडेर कैदीबन्दी भगाएपछि उत्पन्न असहज परिस्थितिलाई विशेषण गरेर शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा जारी गरेको प्रजिअ तिवारीले बताउनुभयो ।

कारागारमा रहेका ८८ जना मध्य ७६ जना भागेकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिड्न नसक्ने, बिरामी, महिला र कैद अवधी सकिन लागेका १२ जना बाहेक सबै कारागारबाट भागेका थिए ।

जेनजी आन्दोलनका क्रममा देशभरको अवस्था अशान्त भएको छ । जेनजी आन्दोलनकारीहरुले मंगलबार बेनीमा रहेका नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा, राप्रपा र रास्वपाको पार्टी कार्यालय तोडफोडका साथै कागजपत्र र फर्निचर जलाएर नष्ट गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...