पौडेलको ‘हम्पाल’ कबिता संग्रह बिमोचन

Sinchai Khanipani notice

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–४ का केदारनाथ पौडेलको कबिता संग्रह ‘हम्पाल’को बिहीबार बिमोचन भएको छ ।

कृतिको प्रकाशक मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले मल्लाजमा आयोजना गरेको समारोहमा स्थानीय समाजसेबी भवानीशंकर पौडेलले कबिता संग्रहको बिमोचन गर्नुभएको हो ।
जलजला गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल हम्पालबाट नामाकरण भएको कृतिमा विभिन्न बिषयसँग सम्बन्धित १७ वटा छन्द शैलीका कबिता संग्रह गरिएको छ । प्रकृति, सामाजिक, ग्रामिण जनजिबन, समसामयिक बिषयसँग सम्बन्धित कृतिलाई मल्लाज क्षेत्रको साहित्यको बिम्बका रुपमा हेरिएको छ ।

यस्तै राष्ट्रसेवकको समस्या, माया प्रेम, राजनीतिक ब्यवस्था, स्थानीय सम्पदा र साहित्यकार मोहनबहादुर मल्लको योगदानका बिषयका कबिता पनि सो कृतिमा समावेश छ । निजामति सेवाबाट गत मंसिर १८ गते सेवा निवृत्त हुनुभएका पौडेलको यो पहिलो कृति हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जागिरे जिवनको धेरै समय म्याग्दीमा बिताउनुभएका उहाँले विभिन्न पत्रपत्रिकामा कबिता र लेख लेख्नुहुन्थ्यो । बिमोचन समारोहमा प्रमुख अतिथि पौडेलले हम्पाल जीवनका यथार्थ भोगाइ र सामाजिक अवस्था झल्काउने साहित्यक अभिलेख भएको बताउनुभयो । कृतिको साहित्यकार रामप्रसाद शर्मा, अजयमिलन श्रेष्ठ, बिश्लेषक जगन्नाथ आचार्य, म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक नारायणदत्त सुबेदीले समिक्षा गर्नुभएको थियो ।

म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्मा, जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शेरबहादुर खत्री, फट्केढुङ्गा आधारभूत बिद्यालयका प्रअ गोपालप्रसाद आचार्य, अमृत आदर्श आवासीय माविका प्रिन्सिीपल इन्द्रबहादुर अधिकारी, न्यु होराइजनका भ्वाइस प्रिन्सीपल नारायण पौडेल, साहित्यकार हरि लाटो र गणनाथ पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले रचना बाचन पनि गर्नुभएको थियो । मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका अध्यक्ष रघुनाथ आचार्यको अध्यक्षता, सचिव नबिन जिसीको सञ्चालन र उपाध्यक्ष सनिता कार्कीको स्वागतमा सम्पन्न कार्यक्रममा कृतिकार पौडेलकी छोरी कल्पना पौडेल सापकोटाले कबिता संग्रहको बारेमा जानकारी गराउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...