ठूलोखोला र चिमखोला–राहुघाट–मंङ्गलेले व्यवसायिक उत्पादन थाले

Gandaki Ghumau

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलब आठ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजनाको निर्माण सकिएको छ । एक सय ११ मेगावाट क्षमताको थप तीन वटा आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

तुँदीपावर कम्पनीले निर्माण गरेको ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंङ्गले र संयुक्त उर्जा लमिटेडको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले ब्यवसायिक उत्पादन थालेका हुन् ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्डबाट अस्थायी रुपमा राष्ट्रिय प्रणालीमा जोडिएको हो । डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना निर्माण पुरा नभएकाले उत्पादीत विद्युत खेर जान नदिन अस्थायी संरचना मार्फत राष्ट्रिय प्रणालीमा जोडिएको तुदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सीनाले बताउनुभयो ।

Shreekrishna

बन्दी देखि चिमखोला स्थित चिमखोला–राहुघाट–मंगलेको विद्युतगृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन ठूलोखोला र २२ दशमलब पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाले साझेदारी गरेर बनाएका छन् । चिमखोला देखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रशारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मंङ्गले र अपर राहुघाट जलविद्युत आयोजनाले बनाएका हुन् ।

Gunasthariya Shiksya

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको ठूलोखोला जलविद्युत आयोजनाको प्रर्वद्धक संयुक्त उर्जाका पलान्ट म्यानेजर विनोद पौडेलले यही भदौ महिनादेखि केन्द्रिय लाइनमा जोडिएको जानकारी दिदै नदीमा पानीको मात्रा पर्याप्त भएकाले पूर्ण क्षमतामा आयोजना सञ्चालन भएको बताउनुभयो ।

रु. तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेका छन् । कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको ठुलोखोलाको तीन हजार तीन सय ८२ मिटर सुरुङ र छ सय ३४ मिटर पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीमा निर्माण भएको विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरेको हो ।

रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध रहेको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत आयोजनाको पाँच किलोमिटर तीन सय मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगर स्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइपलाइन बनाएको छ । चिमखोला–मङ्गले–राहुघाट सहित तुदी पावरनै प्रर्वद्धक रहेको ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको लागत रु. १४ अर्ब रहेको छ ।

अपर राहुघाटले परिक्षण उत्पादनको तयारी गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट र २२ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...