बिरेन्द्रचोक टोल सुधार समितिद्धारा छ जना व्यक्तित्वहरुलाई सम्मान

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिका–७ मा रहेको बिरेन्द्रचोक टोल सुधार समितिले शनिबार छ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
शताब्दी पुरुष भैरबहादुर हुमेन क्षेत्री, पुर्वराज्यमन्त्री भिमप्रसाद गौचन, कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका संस्थापक अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ, राजनैतिक तथा सामाजिक व्यतिmत्व ओमबहादुर खत्री, लोक कलाकार धनकुमारी थापा र सामाजिक व्यतिm पुण्यबहादुर शाक्यलाई सम्मान गरिएको हो ।
बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षता, सचिव बिनोद सुवेदीको सञ्चालन र प्रतिक्षा श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारका न्यायाधिवक्ता चिरञ्जिवी शर्मा, बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठ लगायतले सम्मान गर्नुभएको थियो ।
विभिन्न कालखण्डमा सामाजिक, राजनीतिक, शैक्षिक, लोक संस्कृतिको संरक्षण लगायत क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई प्रोत्साहनका लागि सम्मान गरिएको टोल सुधार समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । न्यायाधिवक्ता शर्माले म्याग्दी जिल्लालाई शुसाषन दिन र भ्रष्ट्राचार न्युनीकरणका लागि आफूले भूमिका निर्वाह गरिरहेको दावी गर्नुभयो ।
कार्यक्रममा बिरेन्द्रचोक आमा समूहका संगिता श्रेष्ठ, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी, राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्री लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
बिरेन्द्र टोल सुधार समितिले टोल क्षेत्रको सरसफाई र बजार व्यवस्थापनमा नमुना काम गर्दै आएको छ । टोलका बासिन्दाहरुले नियमित सरसफाई, खानेपानीका लागि सार्वजनिक धाराको ब्यवस्थान, रंगरोगन, पिपलचौतारीमा विश्रामस्थलका लागि संरचना निर्माण, लक्ष्मीनारायण मन्दिर निर्माण, पुष्पबाटिका निर्माण लगायतका काम गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...