बिप्लपद्धारा जनसरकार प्रमुखको मृत्युको बिषयमा छानबिनको माग

khali

बेनी,। सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (बिल्लप) नेतृत्वको नेकपाले म्याग्दीका जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) को मृत्युको घटना छानबिनको माग गरेको छ ।

अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला कारागार पर्बतमा थुनामा रहेकै अबस्थामा उच्च रक्तचापको कारण मंसिर २४ गते बेहोस भएका म्याग्दीको मालिका गाउँपालिका–३ अदिभाराका ५८ वर्षीय पुनको २९ गते पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो ।

नेकपाका महासचिव बिप्लपले एक बिज्ञप्ति जारी गर्दै राजनीतिक आस्थाका आधारमा उपचारमा बेवास्ता र लापरबाही गरिएको भन्दै छानबिन गरेर दोषी उपर कारबाहीको माग गर्नुभएको छ ।

Shreekrishna hardwear in news

यसैगरी सो पार्टीका धौलागिरी ब्यूरो प्रमुख राजनले अर्को बिज्ञप्ति जारी गरेर पर्वतका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, कारागारका प्रमुख लगायत उपचारमा संलग्नलाई छानबिनको दायरामा ल्याएर कारबाहीको माग गर्नुभएको छ ।

khali

आफ्ना नेताको मृत्युको बिषयमा छानबिनको माग गर्दै सो पार्टीले पुष ३ गते धौलागिरी क्षेत्र बन्दको आव्हान गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुनका आफन्तहरुले पनि प्रशासन र सुरक्षा निकायले नियमित र समयमै औषधी उपचारमा ध्यान नदिएको तथा लापरबाहीका कारण मृत्यु भएको बताउँदै शब बुझ्न अस्विकार गरेका छन् ।

उपचारमा बेवास्ता गरिएको भन्दै छानबिनको माग गर्दै मानब अधिकार आयोगमा समेत निवेदन दिनुभएको छ । पटक पटक धरौटी मागेर छाड्ने र पुन पक्राउ गरेर हैरान बनाएको, मानसिक यातना दिएको र उपचारमा लापरबाही गरेको छोरा हिमालले गुनासो गर्नुभएको छ ।

माओवादी जनयुद्धमा भूमिगत हुनुभएका पुन बिप्लप नेतृत्वको नेकपाको तत्कालीन जिल्ला जनसरकार प्रमुख हुनुहुन्थ्यो । उहाँलाई २०७६ फागुन ९ गते पहिलो पटक घरबाटै पक्राउ गरेर अभद्र ब्यवहार सम्बन्धी मुद्दा चलाइएका पुनलाई कात्तिक तेस्रो हप्ता पर्वत लगिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...