एभरग्रिन नवौँ मुनसन कपको च्याम्पीयन

Gandaki Ghumau

चुत्रेनी ः म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सोमबार सम्पन्न भएको रु. एक लाख पुरस्कार राशीको नवौ मुनसन कप फुटबल प्रतियोगिताको उपाधी बेनीको एभरग्रिन युवा क्लवले जितेको छ ।
आयोजक द मुनसन युवा क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै एभरग्रिन बिजयी भएको हो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको अन्तिम समयमा गोल गरेर रितेश ठकुरीले गोल गर्दै एभरग्रिनलाई उपाधी दिलाउन योगदान गरे ।

हरितालिका तिज पर्वको अवसरमा भदौ १० गतेदेखि शुरु भएको ‘नाईन ए साइड’ खुल्ला फुटबल प्रतियोगितामा १३ वटा समूहले सहभागिता जनाएका क्लवका अध्यक्ष दिनेश बानियाले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद रु. एक लाख र ५० हजार पुरस्कार प्राप्त गरेका छन् । अनुशाषित टिम घोषित न्यु स्टार युवा क्लवले रु. दश हजार पुरस्कार प्राप्त गरेको छ ।

Shreekrishna

एभरग्रिनका अृमत तामाङले उत्कृष्ट खेलाडी, आशिक केसीले किप्पर, मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता, रितेश मल्ल मिडफिल्डर, अभिषेक केसी स्ट्राइकर, मुनसनका सम्राट लिम्बु राइजिङ प्लेयर, आशिस केसी डिफेण्डरतर्फ उत्कृष्ट हुदै नगद रु. दुई÷दुई हजारका दरले पुरस्कृत भए ।

Gunasthariya Shiksya

महिला फुटबलतर्फ म्याग्दी वक्ससपलाई ट्राइबेकरमा चारका विरुद्ध पाँच गोल गर्दै आयोजक मुनसन युवा क्लव बिजयी भयो । छ समूह सहभागी महिला फुटबलमा बिजेताले रु. २२ हजार, दुई सय २२ र उपबिजेताले रु. ११ हजार एक सय ११ पुरस्कार पाए ।

मुनसनकी सनिषा छन्त्यालले उत्कृष्ट खेलाडीको उपाधी पाइन् । ३० वर्ष भन्दा बढी उमेरका प्रौद्ध फुटबलमा रिभरसाइट युवा क्लवलाई रिभरसाइड युवा क्लवलाई एकका विरुद्ध तीन गोल गर्दै बागलुङ सुधार केन्द्र बिजयी भएको छ । तिजगित प्रतियोगितामा शुभबिहानी आमा समूह बिजेता र कोठेसाँघु आमा समूह दोस्रो भएका थिए ।

प्रतियोगितामा बिजयी र उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली, बेनी नगरपालिका–६ का अध्यक्ष कृष्णसिंह बानिया, म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बेलबहादुर कटुवाल, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानिया लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पुर्वमन्त्रि समेत रहेका जुग्जालीले तीनै तहका सरकार र जनप्रतिनिधीहरु तथा समुदायको प्रयासमा चुत्रेनीको खेलमैदानलाई ब्यवस्थित बनाउन आफ्नो जिम्मेवारी अनुसारको भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...