धारापानीका थापाको उपचारका लागि बेनीको न्युरोडमा करिब दुई लाख संकलन

Gandaki Pardesh notice

बेनी,। कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि बेनीको न्युरोडका बासिन्दाले करिब दुई लाख रुपैयाँ सहयोग संकलन गरेका छन् ।

हाल न्युरोडमा बस्दै आउनुभएका थापाको उपचारका लागि राधाकृष्ण ढकालको नेतृत्वमा एक लाख ९० हजार ५०० रुपैयाँ संकलन भएको हो । ३९ जना व्यक्तिहरुबाट संकलित उक्त रकम थापाको उपचारका लागि उपलब्ध गराउने ढकालले बताउनुभयो ।

ढकालले ३० हजार, म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष जिबनबहादुर बिश्वकर्माले २५ हजार, हाल जापानमा रहनुभएका नरेश कुँवरले दश हजार, बिद्या केसीले दश हजार, गणेशटोलका दिनेश ढुङ्गानाले दश हजार सहयोग गर्नुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

५३ बर्षिय थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि परिवारले सहयोगको याचना गरेका छन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले पनि सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।

कोषलेको अभियानमा धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल जापानमा रहनुभएका ज्ञानबहादुर केसी र अर्चना श्रेष्ठ केसीले बुवा फटबहादुर केसी मार्फत अभियानका संयोजक सन्तोष गौतमलाई बुधबार पाँच हजार ५५५ रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

निर्माण सम्बन्धी काम गर्ने थापा जेठ महिनादेखि अस्पतालमा भर्ना हुनुभएको छ । थापाकी श्रीमति यामुले नियमित उपचारमा करिब २० लाखभन्दा धेरै खर्च हुने भन्दै सहयोग अभियानमा साथ दिन अपिल गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...