बिद्यालय भवन पुननिर्माणका बिषयमा उपभोक्ता समितिलाई अभिमुखीकरण

Sinchai Khanipani notice

भवन निर्माणमा गुणस्तरहिन निर्माण सामग्रीको प्रयोग, ठेकेदारलाई काम लगाउने र ढिलासुस्ति गर्नेलाई सचेत

बेनी, । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीले बिद्यालय भवन पुननिर्माणका बिषयमा उपभोक्ता समितिका पदाधीकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

भूकम्पले क्षति पुगेका कक्षा कोठा, शौचालय भवन र खानेपानीका संरचना पुननिर्माण कार्यलाई जनसहभागितामा तोकिएको मापदण्ड अनुसार गुणस्तरीय रुपमा सम्पन्न गराउन सघाउने उद्देश्यले बेनीमा बुधबार तिन दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।

Shreekrishna hardwear in news

बुधबार भवन, बिहीबार शौचालय र शुक्रबार खानेपानी आयोजना पुननिर्माण सम्बन्धी योजनाका उपभोक्ता समितिका पदाधीकारीलाई गुणस्तरीय निर्माण सामग्रीको मापदण्ड अनुसारको प्रयोगका साथै पारदर्शीता कायम गर्ने बिषयमा प्रशिक्षण दिइने इकाईले जनाएको छ ।
कार्यक्रममा पुननिर्माण योजनामा छनौट भएका बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष, प्रअ र निर्माणमा संलग्न हुने मजदुरका प्रतिनिधिको सहभागिता छ । कार्यक्रमको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसीले बिद्यालय पुननिर्माणका लागि पर्याप्त बजेट आएको बताउँदै यसलाई सदुपयोग गरेर दिर्घकालिन रुपमा प्रयोग गर्न सकिने गुणस्तरीय पुर्बाधार बनाउन आग्रह गर्नुभयो ।

भूकम्पले बिद्यालय पुननिर्माणका लागि अवसर सिर्जना गरेको बताउँदै केसीले जति जक्दो छिटो काम सक्न निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले गुणस्तर हिन निर्माण सामग्रीको प्रयोग, उपभोक्ता समितिले गर्नुपर्ने काम ठेकेदारलाई दिने र ढिलासुस्तिका बारेमा सचेत बनाउनुभयो ।

Bhautik ministry notice about road

केही बिद्यालयको भवन पुननिर्माणमा लापरबाही भएको बिषयमा गुनासो आएको बताउँदै प्रजिअ अधिकारीले स्थलगत अनुगमन पनि गरिरहेको बताउनुभयो । आयोजनाका प्रमुख तुलाराज चौलागाईले बिद्यालय पुननिर्माणमा देखिएका कमजोरीलाई सुधार गर्न अभिमुखीकरण फलदायी बन्ने अपेक्षा गरेको बताउनुभयो ।

हालसम्म २८ करोड ५२ लाख रुपैयाँको लागतमा २४ वटा चार कोठे, २२ वटा २ कोठे, ९ वटा ३ कोठे गरि ५५ वटा भवनमा कुल १६७ वटा कक्षाकोठा, २२ वटा शौचालय र २ वटा खानेपानी आयोजना निर्माण भइसकेका चौलागाइले जानकारी दिनुभयो ।

यो वर्ष ३७ वटा ४ कोठे, ३ वटा ३ कोठे, १० वटा दुई कोठे गरि १७७ कक्षा कोठा भवन, २८ वटा शौचालय र २५ वटा खानेपानीका योजना निर्माणाधिन अवस्थामा रहेका छन् । गत असार महिनामा छनौट र सम्झौता भएका योजना कोरोनाको जोखिम, निर्माण सामग्री अभाव, बाढी र पहिरोका कारण कार्यान्वयन हुन सकेका थिएनन् । हिउँद सुरु भएसँगै पुननिर्माणका योजना धमाधम कार्यान्वयन भएका कार्यालयका इञ्जिनियर बिष्णु रिजालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...