म्याग्दीका सुजन नेपाल जेसिजको उपाध्यक्षका उमेद्वार

Beni Sanjibani

बेनी, । युवाको नेतृत्व र क्षमता बिकासमा सक्रिय संस्था नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवालले उमेद्वारी दिनुभएको छ ।

लुम्बीनी प्रदेशको भलबारीमा हुन लागेको नेपाल जेसीजको ४७ औ महाधिवेशनबाट चयन हुने कार्यसमितिको उपाध्यक्षमा उमेद्वारी दिएसँगै म्याग्दी जेसीजको बर्ष २०२० को अध्यक्ष समेत रहेका बरुवाल प्रचारप्रसार अभियानमा तिब्रताका साथ जुट्नुभएको छ ।

Aantarik mamila Bal Marry sambandi

म्याग्दी जेसीजको पाँचौ बोर्ड बैठकले बरुवाललाई जेसीजको राष्ट्रिय उपाध्यक्ष बनाउने निर्णय दोस्रो साधारणसभाले अनुमोदन गरेसँगै चुनावी अभियानमा निस्कनुभएको थियो । देशका विभिन्न ठाउँमा प्रचारका लागि पुग्दा पाएको साथले उत्साहित बनेको बरुवालले बताउनुभयो ।

Gose add

सन २०१४ मा साधारण सदस्यको रुपमा जेसिजमा प्रबेश गरेका बरुवाल २०१७ मा शाखा उपाध्यक्ष, २०१८ मा कोषाध्यक्ष, २०१९ मा कार्यकारीणी हुदै २०२० मा शाखा अध्यक्ष बन्नुभएको थियो । जेसिजको विभिन्न सामाजिक कार्यक्रममा संयोजक भएर काम गर्नुभएका बरुवालको नेतृत्वमा कोरोना रोकथाम र नियन्त्रणका गतिबिधि भएका थिए ।

यसअघि सन २०१५ मा म्याग्दीका धनञ्जयकुमार श्रेष्ठ नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष बन्नुभएको थियो । नेपाल जेसिजको आसन्न महाधिवेशनबाट १ अध्यक्ष, ४ जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्बाचित हुदैछन् ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...