पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, विद्यार्थी विद्यालय आउन नसकेपछि सर्वोदय माविको पठनपाठन बन्द

Gandaki Ghumau

बेनी, पहिरोका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएका छन् ।

बेनी–जोमसोम म्याग्दीको लाइफलाइन सडक हो । सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै पर्यटकहरु प्रभावित भएका छन् ।

Gunasthariya Shiksya

रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गभिर, ३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Shreekrishna

कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बिशाल दर्जीका अनुसार बेनी–जोमसोम सडकको पहिरो पन्छाउन सडक विभागले डोजर परिचालन गरेको छ । बर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको छ ।

पहिरोले सडक बेनी–जोमसोम सडक अन्तर्गतको भुरुङ्गभिर खण्डमा पहिरो खसेपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा रहेको सर्वोदय मावि सोमबार बन्द भएको छ । पोखरेबगर, ठूलोबगर, सुनारीका विद्यार्थीहरु पहिरोका कारण विद्यालय आउन नसकेपछि पठनपाठन बन्द गरिएको विद्यालयका सहायक प्रअ शिवराम पौडेलले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...