पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, विद्यार्थी विद्यालय आउन नसकेपछि सर्वोदय माविको पठनपाठन बन्द

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, पहिरोका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएका छन् ।

बेनी–जोमसोम म्याग्दीको लाइफलाइन सडक हो । सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै पर्यटकहरु प्रभावित भएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गभिर, ३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Shreekrishna

कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बिशाल दर्जीका अनुसार बेनी–जोमसोम सडकको पहिरो पन्छाउन सडक विभागले डोजर परिचालन गरेको छ । बर्षा नरोकिएको र निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको छ ।

पहिरोले सडक बेनी–जोमसोम सडक अन्तर्गतको भुरुङ्गभिर खण्डमा पहिरो खसेपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा रहेको सर्वोदय मावि सोमबार बन्द भएको छ । पोखरेबगर, ठूलोबगर, सुनारीका विद्यार्थीहरु पहिरोका कारण विद्यालय आउन नसकेपछि पठनपाठन बन्द गरिएको विद्यालयका सहायक प्रअ शिवराम पौडेलले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...