बिश्वासघाति बिद्यार्थी नेताको भर पर्दा परिक्षा दिनबाट बञ्चित

Beni Sanjibani

बेनी, । बिश्वासघाति बिद्यार्थी नेताको भर पर्दा म्याग्दीका एक बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको लापरबाहिको कारण सोही क्याम्पसको ब्यवस्थापन संकायतर्फ चौथो बर्षका शिव आचार्य मंसिर २९ गतेदेखि सुरु भएको परिक्षामा सहभागि हुन नपाएका हुन् ।

दरवाङमा काम गर्ने मालिका गाउँपालिका–६ दिच्यामका आचार्यले कार्य ब्यस्तताका कारण क्याम्पसमा आउन नसकेपछि विद्यार्थी नेता सुवेदीसंगको कुराकानीका आधारमा फोटो निकाल्ने शुल्क सहित क्याम्पसको भर्ना, मासिक र परिक्षा शुल्क समेत गरि २०७६ पुष १ गते २२ हजार ५ सय रुपैयाँ सुवेदीको खातामा जम्मा गर्नुभएको थियो ।

Mangala Health notice
Aantarik mamila Bal Marry sambandi

स्ववियूका कार्यबाहक सभापति समेत रहेका सुवेदीसंग चिनजान भएकाले विश्वास गरि परिक्षा फर्म समेत भरिदिने बचन पाएपछि आफु आबद्ध रहेको संस्थाको सहकर्मी मार्फत गरिमा विकास बैँकमा रहेको खातामा पैसा जम्मा गरिदिएको आचार्यको भनाई छ ।

‘‘२०७६ पौस १ गते सुवेदीको खातामा पैसा जम्मा गरिदिएको थिए, त्यसपछि पटक पटक सम्पर्क गरि फर्म भरे÷नभरेको बारेमा जानकारी लिदाँ उहाँले भर्ना र परिक्षा शुल्क तिरेर फर्म भरिदिएको भनि फोन र म्यासेजबाट विश्वस्त पार्नुभयोे, त्यसपछि म ढुक्क भएँ तर मंसिर २८ गते प्रवेश पत्रका लागि क्याम्पसमा सम्पर्क गर्दा आफ्नो फर्म नै नभरिएको पाएपछि छाँगाबाट खसेजस्तो भएँ’’–आचार्यले भन्नुभयो ।

तेस्रो बर्षमा समेत सुवेदीलाई नै सबै शुल्क बापतको रकम उपलब्ध गराएपछि सुवेदीले नै परिक्षा फर्म भरिदिएको कारण आफुले विश्वास गरि उनी मार्फत सहयोग लिन पुगेपनि आफुलाई ठुलो घात गरि परिक्षा नै दिनबाट बञ्चित गराएको आचार्यको दुखेसो छ । ‘‘सुरुमा सबै काम गरिदिएको जानकारी दिनुभयो” आचार्यले भन्नुभयो, “अहिले परिक्षा नै दिन नपाउने भएपछि लकडाउनका कारण आफुले समयमै फर्म भरिदिन नसकेको उहाँले जबाफ दिनुभएको छ ।’

आचार्यले स्ववियूका जिम्मेवार नेतालाई विश्वास गर्दा आफु पीडित बन्नुपरेको बताउँदै अन्य विद्यार्थीहरुलाई यस्ता प्रवृतिबाट जोगिन आग्रह गर्नुभएको छ । तत्कालिन स्ववियूका उपसभापति हुँदै कार्यवहाक सभापति समेत भएका सुवेदी अनेरास्ववियू म्याग्दीका कार्यालय सदस्य समेत हुनुहुन्छ । यस बिषयमा सुवेदीसंग प्रतिकृया लिन मोवाईल सम्पर्क गर्दा फोन रिसिभ गर्नुभएन् ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...