न्यू धौलागिरीको साधारणसभा

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्नुहुदै सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश पोखराका रजिष्ट्रार प्रेमप्रसाद ढकालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

सहकारी अध्यक्ष लिलाबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा रजिष्ट्रार ढकालले सहकारीको नियमअनुसार कारोवार गर्न आग्रह गर्नुभयो । बचत र ऋण लगानीको कारोवारले सहकारीको भविष्य नभएको बताउदै उत्पादनमुलक कृषि, पर्यटन लगायतको क्षेत्रमा लगानी बढाउन सहकारी संचालकलाई आग्रह गर्नुभयो ।

Shreekrishna hardwear in news

छरिएर रहेको श्रम, सीप, पुँजी, प्रविधि प्रयोग गरेर सामाजिक हितको क्षेत्रमा लगानीलाई ध्यान दिनुपर्ने बताउनुभयो । राज्यले सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपुर्ण खम्वा मानेको बताउदै सहकारीको मूल्य, मान्यता, सिद्धान्त तथा प्रचलित कानुनबमोजिम संस्था संचालन गर्न जोड दिनुभयो ।

Bhautik ministry notice about road

बेनीमा मुख्य कार्यालय रहेको सहकारीले दरवाङ्ग, बाबियाचौर, तातोपानी, मल्लाज र पोखरेबगरमा सेवा केन्द्र संचालन गरेको छ । ३ हजार ९४६ जना शेयर सदस्य रहेको सहकारीमा शेयर पुजी ७ करोड २१ लाख ६६ हजार २०० रहेको छ ।

निक्षेप बचतमा ५६ करोड ५३ लाख ९३ हजार ५४२ रुपैया, कर्जा लगानी ४४ करोड २२ लाख २५ हजार रुपैया, कोष रकम १ करोड ४१ लाख २५ हजार १९८ रुपैया, मुनाफा १ करोड २८ लाख १५ हजार ७१५ रुपैया गत आर्थिक बर्षमा भएको कोषाध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।

अध्यक्ष बानियाँले सहकारीको सेवालाई जनतामैत्री बनाउन जिल्लाका स्थानीयसंगै बागलुङ, पर्वत र कास्कीसंगै गण्डकी प्रदेशभरी सेवा केन्द्र विस्तार गर्ने, आगामी बर्ष संस्थाको बचत १ अरव पु¥याउने, बृहत ब्यवसायिक अध्ययन गरी उत्पादनमुलक उद्योग तथा ब्यवसायमा संचालन गर्ने, मोवाइलल बैकिङ्क, एटिम सेवा विस्तार गर्ने योजना प्रस्तुत गर्नुभयो ।

साधारणसभाको अवसरमा बिबिसीको एक सय उदाहरणीय महिलाको सुचिमा परेकी बरंजाकी सपना रोकामगरलाई नगदसहित सम्मान गर्ने जानकारी गराइएको थियो । त्यस्तै म्याग्दी क्याम्पसमा अध्ययनरत जेहन्दार विद्यार्थी सोमप्रसाद सापकोटालाई नगद १५ हजार ५ सय रुपैया छात्रवृति हस्तान्तरण गरिएको थियो ।

उपाध्यक्ष अमृतलाल श्रेष्ठको स्वागत मन्तव्य, सचिव रामजीप्रसाद सुवेदीको संचालनसंगै प्रगति प्रतिवेदन र कोषाध्यक्ष केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । रजिष्ट्रार कार्यालयका शाखा अधिकृत सागर खनालको उपस्थित रहेको साधारणसभामा बेनी नगरपालिका ४ सिंगाका वडाअध्यक्ष गोविन्द पौडेल, शेयर सदस्य गुमानसिङ कार्की, पोखरेवगर सेवा केन्द्रका संयोजक ठगराज बरुवालले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...