ठूलोखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

Gandaki Ghumau

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु भएको छ ।

संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले १५ दिनको परिक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि ब्यापारिक उत्पादन शुरु गर्ने समयतालिका बनाएको छ ।

संयुक्त उर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट मात्र उत्पादन गरेको आयोजनाले भदौको शुरुदेखि पूर्ण क्षमतामा व्यवसायिक रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो ।

Shreekrishna

“आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन,” उहाँले भन्नुभयो “विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन) लगायतका विषय परीक्षणकै क्रममा रहेकाले उत्पादन क्षमतामा घटबढ भएको हो ।”

Gunasthariya Shiksya

कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युतगृहमा खसालेर विद्युत् उत्पादन थालिएको हो । यस आयोजनामा तीन हजार तीन सय ८२ मिटर लामो सुरुङ र छ सय ३४ मिटर पेनस्टक पाइपलाइनबाट विद्युतगृहमा पानी खसालिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्डबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

रु. तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर÷त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...