म्याग्दीमा मेसिनबाट चल्ला उत्पादन गर्ने प्रबिधि भित्रियो

Beni Sanjibani

बेनी, । म्याग्दीका एक कृषकले कुखुराले नकोरलीकनै चल्ला उत्पादन गर्ने प्रबिधि भित्र्याउनु भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण कृषि तथा पशुपंक्षी मल्टी एग्रो प्रा.लीले ह्याचिङ मेसिनको प्रयोग गरेर चल्ला उत्पादन गर्न थालेको हो । फार्मका सञ्चालक प्रेम गुरुङ गुरुङले कुखुराको ओथारो (अण्डाबाट चल्ला निकाल्न गुडमा बस्ने) प्राकृतिक बिधिको बिकल्पमा प्रबिधिको प्रयोग गरेको बताउनुभयो ।

“कुखुराले उत्पादन गरेको गुणस्तरीय अण्डालाई बिद्युतको सहायताले चल्ने ह्याचिङ मेसिनमा तापक्रम ब्यवस्थापन गरेर राखेपछि २१ दिनमा चल्ला उत्पादन हुन्छ,” उहाँले भन्नुभयो “ह्याचिङ मेसिनको प्रयोग गर्दा कुखुराले अण्डाबाट चल्ला उत्पादन गर्दा ओथारो बस्ने समय बच्छ । त्यो समयमा कुखुराले थप अण्डा उत्पादन गर्न सक्छ ।”

Mangala Health notice about Je

देशका ठूला फार्महरुमा ह्याचिङ मेसिनको प्रयोग गरिएपनि म्याग्दीका कृषक स्तरसम्म पहिलोपटक आफूले यस्तो प्रबिधि भित्र्याएको गुरुङको दावी छ । प्राकृतिक रुपमा भाले र पोथी कुखुराको प्रजनन् क्रियाबाट उत्पादन भएको अण्डालाई ह्याचिङ मेसिनमा राखेको २१ ीदनमा चल्ला उत्पादन हुन्छ ।

Beni nagarpalika ko janahit ma jari notice

खरिद, ढुवानी र जडान सहित रु. एक लाख २० हजार खर्च भएको गुरुङको फार्ममा राखिएको ह्याचिङ मेसिनमा एक पटकमा ५२८ वटा अण्डा राख्ने सक्ने क्षमता छ । मेसिनमा राखेको अण्डा सात दिनमा चल्ला उत्पादन गर्न उपयुक्त भए नभएको पत्ता लाग्छ । उपयुक्त नभए हटाएर अर्को राख्न सकिन्छ ।

यसरी उत्पादन गरेका चल्ला गुणस्तरीय हुने कृषकहरुले बताएका छन् । भाले लगाएर उत्पादन गरेको गिरिराज, स्थानीय जातका कुखुरा, हाँस, बट्टाई, टर्की, कालिजको अण्डालाई ह्याच गरेर चल्ला बनाउन सकिने गुरुङले बताउनुभयो ।

स्थानीय घाँटीखुइले र साकिनी जातका कुखुराको चल्ला उत्पादन सुरु गर्नुभएको छ । गुरुङले स्थानीय जातका कुखुराको ब्यवसायिक पालन गर्नुभएको छ । चल्ला उत्पादन गरेर कृषकहरुलाई बिक्री गर्ने उद्देश्यले प्रबिधि भित्र्याएको उहाँले बताउनुभयो ।

बैदेशिक रोजगारीमा सफलता नमिलेपछि गुरुङले भुरुङ्ग तातोपानीमा ट्राउट जातको माछापालनसँगै नारच्याङमा सुन्तला खेती र कुखुरापालन सुरु गर्नुभएको थियो । उहाँले कृषि फार्मसँगै भुरुङ तातोपानीमा रेष्टुरेन्ट पनि सञ्चालन गर्नुभएको छ । कोरोनाको महामारीका कारण होटल ब्यवसाय धराशायी बनेपछि कृषि फार्मलाई जोड दिएको उहाँले बताउनुभयो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...