म्याग्दीका स्रष्टा शिव सस्मितलाई “गण्डकी साहित्य रत्न सम्मान”

Gandaki Ghumau

बेनी । नेपाली भाषासाहित्यमा समर्पित साधना र सिर्जनशील यात्राको उच्च मूल्याङ्कन गर्दै म्याग्दीका स्रष्टा शिव सस्मितलाई विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाले ‘विनेशाम गण्डकी साहित्य रत्न सम्मान’ अर्पण गरेको छ ।
२१२ औँ भानु जयन्तीको अवसरमा आयोजित विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको पाँचौं राष्ट्रिय अधिवेशन, सम्मान तथा भानु विमर्श कार्यक्रममा बुुधबार’ बेनी–६ म्याग्दीका स्रष्टा सस्मितलाई सम्मान गरेको हो । विनेसामका सल्लाहकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ संयोजक, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिङ्देन ‘परदेशी’ र केद्रिय महासचिव सुनिता राई कन्दङ्वा सदस्य रहेको समितिले गण्डकी प्रदेशबाट नेपाली भाषा, साहित्य र समाजप्रति उहाँको प्रतिबद्धता र निःस्वार्थ साधनाका लागि महासङ्घले यो सम्मान प्रदान गरेको नेपाल शाखाले जनाएको छ ।

सम्मानित स्रष्टा सस्मितले विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली भाषासाहित्यको उन्नयनका लागि निरन्तर कलम चलाउँदै आउनुभएको छ । उहाँका डायरीमा टाउकेहरू (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह–२०६९), बहाव (गजलसङ्ग्रह– २०७२), धूमिल आकाश (शैक्षिक उपन्यास–२०७२), विलोकन (मुक्तकसङ्ग्रह–२०७५), धवलबाटिका गजलसङ्ग्रह (संयुक्त लेखन २०७३), कुरैकुराको खेती (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह —२०८०) लगायतका कृतिहरूले सामाजिक यथार्थ, मानवीय संवेदना र आलोचनात्मक दृष्टिकोणलाई उजागर गर्दै आएका छन् । यी कृतिहरूमा उहाँको वैचारिक परिपक्वता, सृजनात्मक गहिराइ र भाषा प्रयोगको विशेष खँदोपन प्रष्ट देखिन्छ ।

Gunasthariya Shiksya

साहित्यिक सिर्जनाका साथै उहाँले विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादन, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको लेखन तथा सम्पादन, सामालोचना लेखनका माध्यमबाट भाषा–साहित्यको जग मजबुत पार्दै आउनुभएको छ । पुलस्त्य साहित्य प्रतिष्ठान, प्रगतीशिल लेखक सङ्घ, मुक्तक मञ्च, म्याग्दी, धौलागिरी कला तथा साहित्य मञ्चलगायतका संस्थाहरूमा सक्रिय रहँदै उहाँले विविध साहित्यिक प्रयासमा नेतृत्वदायी भूमिका खेल्नुुभएको छ। समालोचना र भाषा–समीक्षाको क्षेत्रमा उहाँको दृष्टिकोण गहिरो, निर्भीक र तटस्थ रहेको साहित्यिक वृत्तमा प्रशंसा गरिन्छ ।

Shreekrishna

‘साहित्यले विचार निर्माण गर्छ, विचारले देश’— सस्मित
कार्यक्रमपछि आयोजित संक्षिप्त साक्षात्कारमा सम्मानित स्रष्टा शिव सस्मितले भन्नुुभयो, “म सधैं कलमलाई कर्म ठानेर अघि बढें। यो सम्मानले जिम्मेवारी बढेको महसुस भएको छ। म अझै गम्भीरतापूर्वक नेपाली भाषासाहित्यको सेवामा लागिरहनेछु।”
“शिवजीले आफ्नो लेखनमार्फत ग्रामीण चेतना, समालोचना र शिक्षाको उन्नयनमा उल्लेखनीय योगदान गर्नुभएको छ। यस्तो स्रष्टाको योगदानको कदर गर्नु हाम्रो धर्म हो।” नेपाल शाखा अध्यक्ष कल्पना पौडेल ‘जिज्ञाशु’ले भन्नुभयो ।

यो सम्मानले म्याग्दीको साहित्यिक क्षेत्रलाई पनि उत्साहित बनाएको छ। स्थानीय स्रष्टा, शिक्षाविद् र सामाजिक अभियन्ताहरूले सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा उहाँलाई बधाइ दिँदै साहित्यलाई जीवन बनाउन प्रेरित गरिएको बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...