शिक्षक हत्यामा संलग्नलाई कारबाहीको माग

khali

बेनी, । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीले शिक्षकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

संगठनले सोमबार जिल्ला प्रशासन कार्यालय, म्याग्दी, गृह र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ज्ञापनपत्र बुझाउदै मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा रहेको सरस्वति आधारभूत बिद्यालयका प्रअ राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न दोषीहरुको पहिचान गरि कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

khali

शिक्षकको पेशागत र व्यक्तिगत सुरक्षाप्रति संबेदनशिल बन्न राज्यको ध्यानाकर्षण गराउदै संगठनले हत्या गरिएका शिक्षकका परिवारलाई उचित क्षतिपुर्तिको ब्यवस्था, शहिद घोषणा गर्न र परिवारजनको ब्यवस्थापन गर्न माग गरेको छ ।

Shreekrishna hardwear in news

बिद्यालय शान्ति क्षेत्रका रुपमा गरिएको सरकारी घोषणा र प्रतिवद्धता कार्यान्वयन गर्न गराउन, बिद्यालयमा शिक्षक, बिद्यार्थीहरुलाई निर्भिकतापुर्बक पठनपाठनमा संलग्न हुने वातावरण सिर्जा गराउन आग्रह गरेको छ ।

संगठनको ज्ञापनपत्रलाई नेपाल शिक्षक महासंघ म्याग्दीले पनि ऐकबद्धता जनाएको छ । संगठनका प्रदेश अध्यक्ष सोमनाथ ढुङ्गाना, शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई ज्ञानपत्र बुझाउनुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...